नेपालमा लैङ्गिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन

Technology Khabar २४ फाल्गुन २०७९, बुधबार

नेपालमा लैङ्गिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन

काठमाडौं ।

कोभिड महामारीपछि विश्वमा पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण नेपालमा महिला कामदारहरुले ठूलो चुनौती सामना गरिरहेका छन्।

जब संसारभरका मानिसहरू आफ्नो घरमा थन्किएर बस्न बाध्य भए, महिला उद्यमीहरूलाई उनीहरूलाई जिम्मेवारीले बाच्नका लागि संघर्ष गर्न र आफ्नो प्राथमिकताहरू परिवर्तन गर्न विवश बनायो। यसले महामारीको समयमा धेरै महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय बन्द गर्न निम्त्यायो। यद्यपि, केहि महिलाहरूले यी चुनौतीहरूलाई सामना गर्दै अरूलाई प्रेरित गर्ने अवसरमा परिणत गरे।

भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबै लिङ्गहरूलाई समान रूपमा कदर गर्दै परिवर्तनलाई अघि बढाउने सबै महिलाहरूलाई प्रोत्साहित गर्ने आफ्नो विचारलाई उजागर गर्दै आइरहेको छ। भिभोले आफ्नो “बेन्फेन” अर्थात “सही कामहरु गर्ने र सही तरीकाले गर्ने” मिशनमा जोड दिँदै आएको छ। यसरी, महिलाहरुको भलाइका लागि प्रविधि निर्माण गरेर समाजमा महिलाहरूलाई सशक्तिकरण गर्न भिभो प्रतिबद्ध छ। निरन्तर प्राविधिक विकास र नवप्रवर्तनको माध्यमबाट उनीहरूले महिलालाई प्रभाव पार्न र सशक्तिकरण गर्न सक्छन् भन्ने विश्वास भिभोको छ।

तसर्थ, उनीहरू समाजमा समतामूलक वृद्धि सुनिश्चित गर्न आवश्यक परिवर्तन ल्याउन निरन्तर प्रयासरत छन्। देशमा उद्यमशीलता र दीर्घकालीन आर्थिक स्थायित्वलाई सहयोग गर्ने प्रयासमा भिभोले ग्रामीण महिलाहरुको जीवनमा प्रभाव पार्न ठूलो काम गरेको दाबी गरेको छ।

यसले महिलाहरूलाई व्यवसायीहरूसँग जोड्न, व्यापार सम्बन्ध स्थापना गर्न र समाजमा परिवर्तन ल्याउन मद्दत गरेको कम्पनीले जिकिर गरेको छ।

easy care

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार