रियलमी १० प्रो को कोकाकोला एडिसन आधिकारिक रुपमा आईपुग्यो

Technology Khabar २८ माघ २०७९, शनिबार

रियलमी १० प्रो को कोकाकोला एडिसन आधिकारिक रुपमा आईपुग्यो

काठमाडौं ।

रियलमी १० प्रो कोकाकोला एडिसनले आधिकारिक रुपमा डेब्यू गरेको छ। उक्त विशेष संस्करण लोकप्रिय फिजी पेय ब्रान्ड प्रति समर्पित गरि नयाँ डिजाइनका साथ रिच रिटेल बक्स र पूर्णतरिकाले कस्टमाइजेसन गरिएको यूनिक थिममा उपलब्ध भएको बताइएको छ।

साथै ८जीबी र्याम र १२८जीबी स्टोरेज समावेश गरिएको यस फोनको जम्मा हजार युनिट मात्र उत्पादन गरिएको छ।

डिलक्स बक्स सेटमा फोनको पछाडिको भागमा कोका–कोला थिम (कोका–कोला थिम ब्याक) भएको, बोतल क्यापको रूपमा पिन, प्रशस्त स्टिकरहरू, ०००१ देखि १००० सम्मको यूनिक नम्बर भएको कार्ड र रियलमीको मस्कट रियलम्याउ को सुन्दर मूर्ति समावेश रहेको बताइएको छ।

फोनमा फिचरहरुको रुपमा कोकको बोतल भरेको जस्तै नक्कल गर्ने कस्टम चार्जिङ एनिमेसन, फिजी वालपेपर र रियलमी १० प्रो युनिटहरूमा मात्र उपलब्ध हुने आइकनहरूको सेट रहेको छ। साथै फोनमा कोका–कोला थिमलाई पछ्याएर कस्टमाइज नोटिफिकेसन साउण्ड र रिङटोन पनि रहेको छ।

यद्यपी रियलमीले १० प्रोको स्पेक्सहरुमा केही परिवर्तन नगरेको हुनाले यस फोनको पर्फमेन्स पनि अन्य नियमित संस्करणहरुको जस्तै रहने बताइएको छ।

रियलमी १० प्रो कोका–कोला एडिसन फोन रियलमी डट कम र फ्लिपकार्ड मार्फत विक्रिको लागि उपलब्ध भइसकेको र फेब्रुअरी १४ देखि ढुवानी पनि शुरु हुने उल्लेख गरिएको छ। नियमित ८/१२८जीबी संस्करणहरु भन्दा कोका–कोला एडिसन भारु १,००० ले महंगो रहेको र यसको मूल्य भारु २०,९९९ (२५५ अमेरिकी डलर) रहेको बताइएको छ।

easy care

प्रकाशित: २८ माघ २०७९, शनिबार