निसानको रियल–लाइफ भर्सनको म्याक्स–आउट ईभी कन्भर्टेबल कन्सेप्ट अनावरण

Technology Khabar २० माघ २०७९, शुक्रबार

निसानको  रियल–लाइफ भर्सनको म्याक्स–आउट ईभी कन्भर्टेबल कन्सेप्ट अनावरण

काठमाडौं ।

अटोमेकरले २०२१ मा कम्प्युटर रेन्डरको रूपमा म्याक्स–आउट पहिलो पटक प्रस्तुत गरेको थियो।
सन् २०२१ मा निसानले आगामी केही वर्षहरूमा विद्युतीय सवारीको विकासमा १७.६ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा अन्तर्गत  केही कन्सेप्ट भेहिकलहरूको बारेकमा पनि उल्लेख गरेको थियो। प्रस्तुत गरिएको अवधारणाहरू मध्ये एक म्याक्स–आउट नामक कन्भर्टेबल टु–सीटर स्पोर्ट्स कारको थियो। साथै तत्कालिन समय अटोमेकरले उक्त कार कस्तो देखिन्छ भनेर देखाउँनको लागि केवल एक रेन्डर रिलिज गरेको थियो। हालै कम्पनीले उक्त म्याक्स–आउटको रियल–लाईफ फिजीकल भर्सन योकोहामामा आयोजित नीसान फ्युचर्सको लन्च ईभेन्टमा प्रस्तुत गरेको छ। साथै अटोमेकर आफ्नो (ओरिजिनल) मूल डिजाइनमा अडिक रहेको भनी बताइएको छ।उक्त टु–सीटर कन्भर्टेबलमा हेडलाइटका साथै एजेमा भिन्न रङ्गहरुमा बल्ने नियोन लाइट रहेको छ। उक्त ईभीको डिजाइनमा ट्रोन र अवतार लगायत विभिन्न साइ–फाई फ्रान्चाइजीहरूको मिश्रित सौन्दर्यता रहेको बताइएको छ। निसानले उक्त टु–सीटर म्याक्स–आउट कस्तो देखिन्छ भनेर प्रस्तुत गरेता पनि कम्पनीले उक्त ईभीको अवधारणाको बारेमा विवरणहरू साझा नगरेको उल्लेख गरिएको छ। उक्त ईभीको तत्काल प्रोडक्सन भर्सन उत्पादन गर्ने योजना नभएको हुनाले कम्पनीको उक्त ईभीको अवधारणाको बारेमा विवरणहरू साझा नगरेको हुन सक्ने भनी थप उल्लेख गरिएको छ।

कम्पनीले म्याक्स–आउट पहिलो पटक अनावरण गर्दा कम्पनीले २३ ओटा ईलेक्ट्रिफाइड भेहिकलहरू विकास गर्ने र २०३० सम्ममा १५ ओटा नयाँ ईभीहरू लन्च गर्ने वाचा गरेको थियो। यद्यपी कम्पनीले दशकको अन्त्यसम्ममा पूर्ण रूपमा विद्युतीय तवरले जाने भनी प्रतिबद्धता व्यक्त नगरेको तर ईभी र ग्यास भेहिकलको मिश्रण गर्ने लक्ष्य राखेको छ। विशेष गरी कम्पनीले युरोपमा ७५ प्रतिशतका साथै अमेरिका र चीनमा ४० प्रतिशत ईलेक्ट्रिफाइड भेहिकलहरूको बजार मिश्रणलाई लक्षित गरेको बताइएको छ। त्यसैगरी २०२१ को घोषणा पश्चात कम्पनीले आरिया नामक ईभी जारी गरेका छ। उक्त ईभी निसानको पहिलो इलेक्ट्रिक क्रसओभर रहेको बताइएको छ। साथै भेरियन्ट अनुसार उक्त ईभीको २१६ देखि ३०४ माइलको अनुमानित रेञ्ज रहेको उल्लेख गरिएको छ।

निसानको फ्युचर्स इभेन्टले कसरी दिगो गतिशीलता र नवीन डिजाइनको भविष्यलाई आकार दिन्छ भनेर देखाउने उल्लेख गरिएको छ। त्यसैगरी उक्त फ्युचर्स इभेन्टले कसरी विद्युतीय गतिशीलतामा आउँदै गरेको ठूलो मात्राको रूपान्तरणले ल्याउने विभिन्न चुनौती र अवसरहरूको लागि कसरी तयारी गरिरहेको छ भनेर देखाउने बताइएको छ। जापानमा रहेको कम्पनीको ग्लोबल मुख्यालयमा उक्त कार्यक्रमको आयोजना हुने र निसानले आफ्नो युट्युब च्यानलमा केही प्यानल रेकर्डिङहरू अपलोड गर्ने उल्लेख गरिएको छ।

easy care

प्रकाशित: २० माघ २०७९, शुक्रबार