डिएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानको स्याण्डमार्टिन इन्टरनेशनल

Technology Khabar ५ माघ २०७९, बिहीबार

डिएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानको स्याण्डमार्टिन इन्टरनेशनल

काठमाडौं ।

पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतिय उपकरणहरु बिक्री वितरण गर्दै आएको डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ।

नेपाली वजारमा लामो समयदेखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेको हो। पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विद्युतिय उपकरण उत्पादन र बिक्रीवितरण गर्नको लागि ताईवानको स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग लिमिटेडलाई टेक्नोलोजी पार्टनरकोरुपमा भित्राउन सफल भएको छ।

यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

easy care

प्रकाशित: ५ माघ २०७९, बिहीबार