हार्ले डेभिडसन फूल इलेक्ट्रिक बाइकमा केन्द्रित हुँदै

Technology Khabar ५ माघ २०७९, बिहीबार

हार्ले डेभिडसन फूल इलेक्ट्रिक बाइकमा केन्द्रित हुँदै

काठमाडौं ।

क्रूजर बाइक सेगमेन्टको लोकप्रिय हार्ले डेभिडसन फूल इलेक्ट्रिक मोटरसाइकल बनाउने योजनामा छ। हार्ले डेभिडसनका सीईओ जोचेन जीट्सले कम्पनीले पूर्ण रुपमा इलेक्ट्रिक भविष्यका लागि तयारी शुरु गरेको बताएका छन्। र, उत्पादन बजारमा आउने भने केही समय लाग्ने उनको भनाइ छ।

पछिल्लो समय इलेक्ट्रिक सवारीमा प्रति उपभोक्ताको बढ्दो आकर्षणसँगै धेरै सवारी उत्पादक ईभी निर्माणमा केन्द्रित भइरहेका छन्।

जोचेन जीट्ले भने, ‘यदि तपाई हार्ले डेभिडसनको पछिल्लो १२० वर्षको इतिहास हेर्नु हुन्छ। कम्पनी सँधै नयाँ खोजका साथ अघि बढिरहेको छ। कहिले स्थिर छैन। त्यहाँ स्थापकले त्यस समयमा विकास गरेको तरिकालाई पुन आवविष्कार गर्न आवश्यक छ। जुन स्पष्ट रुपमा हामीले कम्पनी ब्रान्डको रुपमा गर्न आवश्यक छ।’

उनले थपे, ‘हामी के गर्दैछौं हाम्रो विगत मनाउने हो। तर ब्रान्डको विकास पनि हो। यो एक प्राकृतिक विकास हो जुन हुन आवश्यक छ।’

हार्ले डेभिडसनले इलेक्ट्रिक मोटरसाइकलको उत्पादन शुरु गरेपनि कम्पनीले भविष्यमा पेट्रोल सवारीको उत्पदान पनि गर्ने उनको भनाइ रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको रुपमा २०१८ मा लाइभवायर ल्याएको थियो। यसका साथै हार्ले डेभिडसनले २०२० मा १९०३ को ब्रान्डको पहिलो मोटरसाइकलबाट प्रेरित आफ्नो पहिलो इलेक्ट्रिक साइकल पेश गरिसकेको छ।

‘सीरियल १ साइककल कम्पनी’को नाममा नयाँ व्यववसाय मोटरसाइकल निर्माताको उत्पादन विकास केन्द्र भित्र एक परियोजनाको रुपमा शुरु भइसकेको छ।

हार्ले डेभिडसनको इलेक्ट्रिक सवारी ब्रान्च लाइभवायरले अमेरिकामा गत वर्ष मेमा नयाँ एस२ डेल मार उलई इलेक्ट्रिक मोटरसाइकल पेश गरेको छ। डेल मारको रेञ्ज १६० किलोमिटर छ। यसको मूल्य १७ हजार ६९९ अमेरिकी डलर तोकिएको छ।

easy care

प्रकाशित: ५ माघ २०७९, बिहीबार