चीनको पुन: प्रयोगयोग्य उच्च-थ्रस्ट रकेट इन्जिनको सफल परीक्षण

Technology Khabar १२ मंसिर २०७९, सोमबार

चीनको पुन: प्रयोगयोग्य उच्च-थ्रस्ट रकेट इन्जिनको सफल परीक्षण

काठमाडौं ।

चीनको एकेडेमी अफ एरोस्पेस प्रोपल्सन टेक्नोलोजीकाअनुसार, १३० टन क्याटगोरीको पुन: प्रयोगयोग्य लिक्विड अक्सिजन केरोसिन स्टेज्ड कम्बसन साइकल रकेट इन्जिनले दुई पटक सफलतापूर्वक परीक्षण पूरा गरेको छ।

इन्जिनलाई चीनको नयाँ पुस्ताको पुन: प्रयोज्य क्यारियर रकेटहरूका लागि अर्थ-स्पेस शटलिङ पावर डिभाइसको रूपमा डिजाइन गरिएको छ। यसमा उच्च व्यापक प्रदर्शन, बलियो बिस्तार क्षमता र उच्च विश्वसनीयता रहेको रोयटर्सले जनाएको छ।

“इन्जिनका केही कम्पोनेन्टहरूले थ्रीडी प्रिन्टिङ, अटोमेटिक वेल्डिङ र इन्टेलिजेन्ट एसेम्ब्लीजस्ता नयाँ प्रविधिहरू अपनाएका छन्,” एकेडेमीले भन्यो, “इन्जिनले उच्च-दबाव सप्लिमेन्टरी कम्बसन र निरन्तर भेरिएबल थ्रस्टको दुई पटक इग्निशनमा सफलता हासिल गरेको छ।”

इन्जिनले देशको अन्तरिक्ष स्टेशनको सञ्चालनमा सेवा दिने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: १२ मंसिर २०७९, सोमबार