नबिल बैंकको पहिलो शाखारहित बैंकिङ सेवा शुरु

Technology Khabar १० आश्विन २०७९, सोमबार

नबिल बैंकको पहिलो शाखारहित बैंकिङ सेवा शुरु

काठमाडौं ।

नबिल बैंकले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।

शाखारहित बैंकिङ सेवाको उद्घाटन बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्तरुपमा गरे।

साथै, शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोजकुमार थापालाई बिएलबि मेसिन र प्रमाण पत्र हस्तान्तरण गरिएको छ। कार्यक्रममा भण्डारीले कुनै पनि क्षेत्रको विकासको लागि वित्तीय पहुँच मुख्य आधारशिला भएको र यसका लागि गाउँपालिकाले बैंकसँग हरदम हातेमालो गर्ने बताए।

नबिल बैंक वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाउँपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरुवात गर्न पाउदा आफु अत्यन्त खुसी भएको बताए । नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउन हरदम तत्पर रहेको जानकारी दिए ।

नबिल बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत् खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।

नबिल बैंकले दिगो बैंकिङ्ग कार्यक्रम अन्तर्गत देशका विभिन्न ठाउँहरुमा वित्तीय पहुँच पुर्याउने र डिजिटाइजेशनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको जनाएको छ।

easy care

प्रकाशित: १० आश्विन २०७९, सोमबार

ताजा समाचार