सानिमा बैंकको क्यास डिपोजिट मेशिन सुबिधा सञ्चालनमा

Technology Khabar ५ आश्विन २०७९, बुधबार

सानिमा बैंकको क्यास डिपोजिट मेशिन सुबिधा सञ्चालनमा

काठमाडौं ।

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेशिन सञ्चालनमा ल्याएको छ। उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नुहुनेछ। यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ।

हाल उक्त मेशिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन्।

easy care

प्रकाशित: ५ आश्विन २०७९, बुधबार

ताजा समाचार