नेपाल लाइफ इन्स्योरेन्सले शुरु गर्यो डायनामिक क्यूआर पेमेन्ट सिस्टम

Technology Khabar ४ आश्विन २०७९, मंगलवार

नेपाल लाइफ इन्स्योरेन्सले शुरु गर्यो डायनामिक क्यूआर पेमेन्ट सिस्टम

काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्सले ई-सेवा सँगको सहकार्यमा डायनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ।

क्यूआर पेमेन्ट सञ्चालनमा ल्याउदै लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यूआर प्रणाली सञ्चालनमा ल्याउँदै यस माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने जानकारी दिए।

डायनामिक क्यूआरको माध्यमबाट सेवा उपलब्ध गराउने पहिलो नेपाल लाईफ इन्स्योरेन्स रहेको कम्पनीले दाबी गरेको छ।

अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डायनामिक क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

हरेक ग्राहकको लागि फरक फरक क्यूआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता रहेको नेपाल लाईफ इन्स्योरेन्सले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार

ताजा समाचार