इलेक्ट्रोनिक्स प्रबिधिको सिएनआई एक्स्पो २०२३, विराटनगरमा

Technology Khabar ३ आश्विन २०७९, सोमबार

इलेक्ट्रोनिक्स प्रबिधिको सिएनआई एक्स्पो २०२३, विराटनगरमा

काठमाडौं ।

विराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ।

आगामी माघ १९ गतेदेखि हुने एक्स्पोमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी, प्रदेश नं १ सहित मुलुकका बिभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्रि समेत हुनेछ।

यसका साथै एक्स्पोमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रबिधिको पहिचानसंगै कृषिमा हुँदैगएको आधुनिकिकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रबिधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी बस्तुको उत्पादन साथै ब्यवसायिकरण, पर्यटनको सम्भावनासंगै ति स्थानहरुको पहिचान एवं गन्तब्यको सुनिश्चितताको खोजी हुने जनाइएको छ।

नेपाल उद्योग परिसंघ (सिएनआई)को आयोजनामा हुने एक्स्पोमा कृषि उत्पादन, पर्यटन बिकास र स्थानीय उत्पादनको बजार ब्यवस्थापनका लागि समेत महत्वपुर्ण अवसरको रुपमा हेरिएको छ।

यसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय नयाँ लगाानीकर्ताहरु समेत आकर्षित हुने हाम्रो बिश्वास रहेको छ ।

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना छ। एक्स्पोमा विविध मनोरञ्जन,

सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समाबेश गरिनेछ।

एक्स्पो आगामी माघ १९ गते देखि माघ २८ गतेसम्म बिराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरपुरमार्गमा संचालन गरिने छ।

एक्स्पोमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरु रहने छन्।

easy care

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

ताजा समाचार