सामसङले ३एनएम चिपको बृहत् उत्पादन अर्को हप्ताबाट थाल्ने

Technology Khabar ९ असार २०७९, बिहीबार

सामसङले ३एनएम चिपको बृहत् उत्पादन अर्को हप्ताबाट थाल्ने

काठमाडौं ।

सामसङले अर्को हप्ताबाट ३एनएम चिपको बृहत् उत्पादन थाल्ने भएको छ।

कोरियाको योन्हाप न्यूजका अनुसार यो प्रविधिको चिप निर्माणमा सामसङले टीएसएमसीलाई उछिन्ने भएको छ।

टीएसएमसीले ३ एनएम प्रविधिको चिप उत्पादन यो वर्षको दोस्रो त्रैमासमा मात्र शुरु गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

सामसङको ३एनएम नोडमार्फत उत्पादित चिपमा ५एनएमको तुलनामा क्षेत्रफल ३५ प्रतिशतले घट्ने, कार्यक्षमता ३० प्रतिशतले बढ्ने तथा उर्जा खपत ५० प्रतिशतले कम हुने बताइएको छ। यो प्रविधि क्वालकमको स्न्यापड्रागन ८८८ तथा सामसङको एक्जिनोस २१०० मा प्रयोग गरिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना ३एनएम प्रविधिको प्रदर्शनी हेर्न  प्योङ्ताइकमा रहेको सामसङको प्लान्ट भ्रमण गरेका थिए।

सामसङले यो नयाँ प्रविधिबाट ४एनएम को जति नै उत्पादन हुने बताएको थियो। दोस्रो जेनेरेशनको ३एनएम नोड आगामी २०२३ आउने र २एनएम नोड २०२५ मा आउने कम्पनीको रोडम्यापमा उल्लेख गरिएको जीएसएमएरिनाले जनाएको छ।

easy care

प्रकाशित: ९ असार २०७९, बिहीबार