२५ हजार थान राष्ट्रिय परिचयपत्र छपाइ

Technology Khabar ८ जेष्ठ २०७९, आईतवार

२५ हजार थान राष्ट्रिय परिचयपत्र छपाइ

काठमाडौं ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २५ हजार थान राष्ट्रिय परिचयपत्रको छपाइ गरको छ।

विभागले गते वैशाख २६ गते देखि चिप्ससहित बायोमेट्रिक र मेसिन रिडेबल परिचयपत्रको छपाइ सुरु गरेको थियो ।

विभागका महानिर्देशक तीर्थराज भट्टराईले शनिबारसम्म २५ हजार थान परिचयपत्रको छपाइ सम्पन्न भएको जानकारी दिए ।

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

उनका अनुसार फ्रान्सको आइडिमिया सेक्युरिटी एन्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड आएपछि छपाइ सुरु गरिएको हो ।गोरखापत्रबाट

easy care

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

ताजा समाचार