आईओएस १६ मा सिस्टम र एपहरु परिवर्तन हुने

Technology Khabar ३ जेष्ठ २०७९, मंगलवार

आईओएस १६ मा सिस्टम र एपहरु परिवर्तन हुने

काठमाडौं ।

आईओएस १६ मा एप्पलको मुख्य सिस्टम तथा केही एपहरुमा परिवर्तन आउने भएको छ।

यो जानकारी हालै ब्लूमबर्गका मार्क गर्मनले आफ्नो चर्चित न्यूजलेटर पावर अनमा प्रकाशन गरेको ताजा रिपोर्टबाट लिइएको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

आईओएस १६ अपरेटिङ सिस्टमले डब्लूडबलूडीसी २०२२ को इभेन्टमा सबैको ध्यान आकृष्ट पार्ने उनले बताए। तर एप्पलले आईओएस १६ रिलिज गर्ने बेला नै अपरेटिङ सिस्टममा सम्पूर्ण परिवर्तन नगर्ने उनको विश्वास छ।

गर्मनलेले पावर अनमा आईओइस १६ मा आईफोनसँग अन्तरक्रिया गर्ने नयाँ तरिका पनि ल्याउने बताएका छन्। एप्पलले आईओएस १६ आगामी जुन ६ मा शुरु हुने डब्लूडब्लूडीसी २०२२ इभेन्टमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यसअघिका रिपोर्टहरुमा आईओएस १६ मा रिडिजाइन गरिएको एप आइकन, इन्टरएक्टिभ विजेट, फ्लोटिङ एप विन्डो तथा अपग्रेड गरिएको थिमको अप्शन उपलब्ध हुने बताइएको थियो। यस बाहेक क्यामरा एपमा पनि सुधार आउने उल्लेख गरिएको थियो। गर्मनले यसअघि आईओएस १६ मा नोटिफिकेशन तथा हेल्थ ट्र्याकिङ फिचरमा उल्लेख्य सुधार आउने बताएका थिए।

easy care

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार

ताजा समाचार