एयरब्याग सेन्सर समस्याको कारण आर१टी इलेक्ट्रिक ट्रकहरू रिकल गर्दै रिभियन

Technology Khabar ३१ बैशाख २०७९, शनिबार

एयरब्याग सेन्सर समस्याको कारण आर१टी इलेक्ट्रिक ट्रकहरू रिकल गर्दै रिभियन

काठमाडौं ।

रिभियनले एयरब्याग सेन्सरहरूमा समस्याको कारणले आफ्ना केही आर१टी (R1T) इलेक्ट्रिक ट्रकहरू फिर्ता गराउँदैछ। अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए) फाइलिंग अनुसार, सो गाडीमा एयरब्यागमा समस्या देखिएको छ।

जब बच्चा अगाडिको सिटमा बसिरहेको छ भने गाडीले एयरब्याग डिसेबल गर्न सक्दैन। यो रिभियनको पहिलो रिकल हो र यसले सेप्टेम्बर २०२१ र अप्रिल २०२२ को बीचमा निर्माण गरिएका ५०२ आर१टी सवारी साधनहरूलाई समेट्छ।

यद्यपि एनएचटीएसएले सुझाव दिएअनुसार १३ वर्ष मुनिका बालबालिकाहरू पछाडिको सिटमा हुनुपर्छ, तर यो सधैं विभिन्न कारणहरूले सम्भव छैन। सानो दुर्घटनामा पनि प्रयोग गर्न सक्ने एयरब्यागले अगाडिको सिटमा बसेका बालबालिकालाई घाईते बनाउन वा ज्यान लिन सक्छ।

रिभियनले फिर्ता गरिएका गाडीहरूले “फेडरल मोटर भेहिकल सेफ्टी स्ट्यान्डर्ड नम्बर २०८, ‘ओक्युप्यान्ट क्र्यास प्रोटेक्शन’ को आवश्यकताहरू पूरा गर्न असफल भएको बताएको छ। कम्पनीले यस समस्याका साथमा अहिलेसम्म कुनै चोटपटक नपरेको बताएको छ।

ईभीहरूमा अगाडिको यात्रु सिटहरू रिभियन सर्भिस सेन्टरहरूमा नि:शुल्क प्रतिस्थापन गरिने छन् र यस्ता केन्द्र हाल अमेरिकामा रहेका २० ओटा छन्। कम्पनीले प्रभावित ग्राहकहरूलाई फोन, इमेल, टेक्स्ट र इन-भेहिकलमार्फत जानकारी दिने बताएको छ।

easy care

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार

ताजा समाचार