साइबर हमलाबाट कसरी जोगाउने स्मार्टफोन? अपनाउनुहोस् यी तरिका

Technology Khabar २५ बैशाख २०७९, आईतवार

साइबर हमलाबाट कसरी जोगाउने स्मार्टफोन? अपनाउनुहोस् यी तरिका

काठमाडौं ।

मोबाइल फोन हाम्रो जीवनको अमूल्य पाटो बनिसकेको छ। स्मार्टफोन हिजोआज फोन मात्र नभई यसले मानिसका थुप्रै दैनिक कामहरुलाई सहज बनाइदिएङ्को छ।

निजीदेखि सार्वजनिक जीवन तथा तिनीहरुसँग सम्बद्ध सबै आर्थिक गतिविधिसमेत मोबाइल फोनमा रहेको हुन्छ।

धेरै मानिसहरु हिजोआज मोबाइल नचलाई बस्न नसक्ने अवस्थामा पुगेका छन्। केही बेर मोबाइल नचल्दा मानिसहरुमा निकै बेचैनी पनि बढ्ने गरेको पाइएको छ।

हिजोआज अधिकांश मानिसहरुको दैनिक जीवनका थुप्रै आयामहरु मोबाइल फोनमै निर्भर हुन थालिसकेको छ।

विश्वमै कोरोनाका कारण भएको लकडाउनपछि मोबाइल फोनको प्रयोगमा निकै वृद्धि भएको छ। अनलाइन कक्षा, वर्क फ्रम होम तथा अन्य डिजिटल भुक्तानी र ई-कमर्सका क्षेत्रमा मानिसहरुले मोबाइल डिभाइसहरुलाई प्रयोगमा ल्याइरहेका छन्।

यस्तोमा ह्याकरहरु पनि अब कम्प्युटर नेटवर्कमा मात्र नभई स्मार्टफोनका क्षेत्रमा पनि साइबर हमलाका लागि सल्बलाउन थालेका छन्।

साइबर सुरक्षा तथा एन्टि-भाइरस कम्पनी क्यास्परस्की ल्याबले गत वर्ष मोबाइल डिभाइसमा ३५ लाखभन्दा बढी साइबर हमला भएको बताएको छ।

यस्तै अर्को कम्पनी जिम्पेरियमका अनुसार अन्तर्राष्ट्रिय स्तरमा ५ मध्ये एउटा मोबाइलमा मालवेयर हमला हुने गरेको छ।

कम्पनीले करोडौं मोबाइल फोन ह्याकरहरुको निशानामा रहेको बताएको न्यूज१८ डटकमले जनाएको छ।

कसरी जोगाउने फोनलाई साइबर हमलाबाट?

सदैव सतर्क रहनुहोस्

ह्याकरहरुको हमलाबाट आफ्ना मोबाइल फोनलाई जोगाइराख्नका लागि सधैं सतर्क रहनु जरुरी हुन्छ।

मोबाइल डाटा बढी लिनु, स्क्रीनमा धेरै एप देखिनु, फोनको ब्याट्री छिट्टै सकिनु,  अपरिचित एप देखिएमा सतर्क हुनुपर्छ।

यी कुरामा ध्यान दिनुहोस्

  • सार्वजनिक वाई-फाईको प्रयोगबाट बच्नुपर्छ।
  • यदि कुनै कारणले फ्री वाई-फाई प्रयोग गर्नुपरेको खण्डमा पनि त्यसमार्फत् कुनै वित्तीय कारोबार गर्नुहुँदैन।
  • अनलाइन भुक्तानी वा बैंकसम्बद्ध कुनै पनि काम गर्नुहुँदैन।
  • अनलाइन शपिङ गर्दा आधिकारिक वेबसाइटको मात्र प्रयोग गर्नुपर्छ। नयाँ वेबसाइट प्रयोग गर्दा त्यसको यूआरएलमा ध्यान  दिनुपर्छ।
  • यदि यूआरएल एचटीटीपीएस बाट शुरू भएको हो होइन पक्का गर्नुपर्छ।
  • यदि अन्य अक्षरबाट शुरु भएको वेबसाइट भएमा खतराजनक हुन सक्छ।
easy care

प्रकाशित: २५ बैशाख २०७९, आईतवार

ताजा समाचार