गुगल पिक्सेल ७ प्रो को विवरण लीक, यस्ता हुनेछन् विशेषता

Technology Khabar २४ फाल्गुन २०७८, मंगलवार

गुगल पिक्सेल ७ प्रो को विवरण लीक, यस्ता हुनेछन् विशेषता

काठमाडौं ।

गुगल पिक्सेल ७ प्रो स्मार्टफोनको विवरण लीक भएको छ। यसअघि गत वर्ष अक्टोबरमा पिक्सेल ६ सार्वजनिक गरिएको थियो।

यो सिरिजमा पिक्सेल ६ तथा ६ प्रो रहेका थिए। हालै यसै सिरिजको उत्तराधिकारीका रुपमा पिक्सेल ७ सिरिज आउने चर्चा चलिरहेको छ।

खबरहरुका अनुसार पिक्सेल ७ सिरिजमा पनि पिक्सेल ७ तथा ७ प्रो रहने आकलन गरिएको छ।

पछिल्लो लीकमा पिक्सेल ७ प्रो का विवरण बाहिर आएका हुन्। जस अनुसार यसमा टेन्सर प्रोसेसर रहनेछ भने ६.७ इन्चको ओएलईडी डिस्प्ले उपलब्ध हुनेछ।

लेट्सगोडिजिटलले आफ्नो रिपोर्टमा पिक्सेल ७ प्रो को भिडियोसहितको पोस्ट शेयर गरेको छ।

बीजीआर डट आईएनका अनुसार पिक्सेल ७ प्रोमा एन्ड्रोइड १३ तथा सेल्फीका लागि पन्चहोल क्यामरा रहने बताइएको छ।

यसबाहेक मूल्य, उपलब्धता तथा क्यामरा सेन्सरका बारेमा भने कुनै जानकारी दिइएको छैन।

easy care

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

ताजा समाचार