अब इलेक्ट्रिक कार निर्माण गर्ने योजनामा ओला कम्पनी, सीईओले सेयर गरे तस्बिर

Technology Khabar १२ माघ २०७८, बुधबार

अब इलेक्ट्रिक कार निर्माण गर्ने योजनामा ओला कम्पनी, सीईओले सेयर गरे तस्बिर

काठमाडौं ।

ओला इलेक्ट्रिक कम्पनीका सीईओ भाविश अग्रवालले ओला इलेक्ट्रिक कारको बारेमा नयाँ ट्विट गरेका छन्, जसले इलेक्ट्रिक स्कुटर लन्च गरेपछि अब कम्पनीले इलेक्ट्रिक कारको क्षेत्रमा प्रवेश गर्ने निर्णय गरेको पुष्टि गरेको छ।

यद्यपि ओला इलेक्ट्रिक कारको ठ्याक्कै लन्च मिति वा यसमा पाइने स्पेसिफिकेशनहरू बारे कुनै जानकारी उपलब्ध छैन, तर उनले कन्सेप्ट डिजाइन एक ट्वीट मार्फत साझा गरेका हुन्।

ओलाका सीईओ अग्रवालले आफ्नो ट्विटर ह्यान्डलमा ट्वीटमार्फत तस्विर शेयर गरेका छन् । यसले एक आधुनिक कार देखाउँछ, जुन अहिले केवल अवधारणा जस्तो देखिन्छ।

यद्यपि, यसले ओला अब इलेक्ट्रिक कारको क्षेत्रमा प्रवेश गर्न तयार भएको स्पष्ट पार्छ। कारको बारेमा ट्वीटमा कुनै जानकारी दिइएको छैन। अग्रवालले यस ट्वीटमा लेखे (अनुवादित) “के तपाईं गोप्य राख्न सक्नुहुन्छ?”

अग्रवालले विद्युतीय कारमा कम्पनीको योजनाबारे पहिले नै संकेत गरिसकेका छन् । उनले भर्खरै संकेत गरेअनुसार ओलाले २०२३ सम्ममा आफ्नो इलेक्ट्रिक कार लन्च गर्न काम गरिरहेको छ र यो परियोजनालाई जापानको सफ्टबैंक समूहले समर्थन गर्नेछ।

एचटी अटोसँग कुरा गर्दै, ओला इलेक्ट्रिकका एक अधिकारीले कम्पनीले इलेक्ट्रिक कारमा गम्भीर रूपमा काम गरिरहेको बताएका थिए र भाविश अग्रवालले साझा गरेको पछिल्लो तस्विर कन्सेप्ट डिजाइन हो।

उनले भने, ‘अहिलेको फ्युचर फ्याक्ट्री दुई पाङ्ग्रे सवारी साधनका लागि हो। हाम्रा चार पाङ्ग्रे सवारी साधनलाई भविष्यमा छुट्टै कारखाना चाहिन्छ। आजको ट्विट हाल उत्पादन भइरहेका केही डिजाइनहरूको लाइनमा टिजर हो।”

यो रिपोर्टमा दावी गरिएअनुसार ओलाले तमिलनाडुको कारखानामा आफ्नो इलेक्ट्रिक कार बनाउन सक्छ। यो कारखाना हाल विद्युतीय स्कुटरका लागि विश्वको सबैभन्दा ठूलो प्लान्ट भएको दाबी गरिएको छ।

easy care

प्रकाशित: १२ माघ २०७८, बुधबार