आईफोन आपूर्तिकर्ता फक्सकनको भारत प्लान्टका कामदारहरू फुड प्वाइजनपछि अस्पताल भर्ना

Technology Khabar ३ पुष २०७८, शनिबार

आईफोन आपूर्तिकर्ता फक्सकनको भारत प्लान्टका कामदारहरू फुड प्वाइजनपछि अस्पताल भर्ना

काठमाडौं ।

एप्पलका लागि आईफोनहरू बनाउने कम्पनी फक्सकन इन्डिया युनिटका धेरै कर्मचारीहरू खानामा विषाक्तता भएपछि पछि शनिबार अस्पताल भर्ना गरिएको छ।

यस मामिलासँग परिचित स्रोतलाई उदृत गर्दै आएका रिपोर्टहरुकाअनुसार खाद्य विषाक्तता यस हप्ताको सुरुमा फक्सकनको होस्टलमा भएको थियो, जहाँ यसका अधिकांश कर्मचारीहरू बस्छन्।

ताइवानी उत्पादकको कर्मचारीहरुमध्ये ठूलो संख्यामा महिलाहरू छन्।

कति जना कामदारहरू गम्भीर बिरामी छन् र यो घटनाले दक्षिणी शहर चेन्नईको बाहिरी भागमा रहेको श्रीपेरुम्बुदुरको प्लान्टमा उत्पादनमा बाधा पुग्छ कि पुग्दैन भन्ने बारेमा कुनै जानकारी छैन्।

easy care

प्रकाशित: ३ पुष २०७८, शनिबार