अनेरास्ववियुले सार्वजनिक गर्यो आफ्नै मोबाइल एप

Technology Khabar २८ मंसिर २०७८, मंगलवार

अनेरास्ववियुले सार्वजनिक गर्यो आफ्नै मोबाइल एप

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले सोमबार थापाथली इन्जिनियरिङ क्याम्पसमा ‘अखिल एप (अनेरास्वियू)’को उद्घाटन गरेका हुन्।

सो अवसरमा बोल्दै नेता नेपालले सूचना प्रविधिमैत्री अभ्यासले अनेरास्ववियूका गतिविधि थप सहज र प्रभावकारी हुने बताए। एपमार्फत सो विद्यार्थी संगठनको सदस्यता अद्यावधिकसहित समग्र गतिविधि र जानकारी प्राप्त गर्न सकिने बताइएको छ।

विधान, गीत, झन्डा, प्रचारप्रसार सामग्रीबारे जानकारी लिन मोबाइल एप उपयोगी हुने अनेरास्ववियूकी महासचिव आरती लामाले बताइन्।

‘एपमार्फत् नयाँ सदस्यता एप्लाई गर्न सकिन्छ’, उनले टेक्नोलोजी खबरसँग भनिन्, ‘पार्टीको मुखपत्र, पदाधिकारीको विवरण, एजेन्डा संविधान र अन्य नीति नियम पनि एपमै राखिएको छ।’

easy care

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार