एनटीआईसी आइडिया खोजका बिजेताहरुलाई ५ लाख रुपैयाँ बिउ पूँजी प्रदान

Technology Khabar १० मंसिर २०७८, शुक्रबार

एनटीआईसी आइडिया खोजका बिजेताहरुलाई ५ लाख रुपैयाँ बिउ पूँजी प्रदान

काठमाडौं ।

नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) ले ‘एनटीआईसी आइडिया खोज’ का बिजेताहरुलाई बिउ पूँजी प्रदान गरेको छ।

काठमाडौं विश्वविद्यालयले दक्षिण कोरियाली सरकारको सहयोगमा सञ्चालित एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत स्थापना गरेको एनटीआईसीले आव्हान गरेको आइडिया खोज (NTIC Idea Khoj) का बिजेताहरुलाई रकम प्रदान गरिएको हो।

सो प्रतिस्पर्धाका प्रत्येक विजेताले सेन्टरबाट ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

बुधबार एक कार्यक्रमका बिच कोइकाका कन्ट्री डाइरेक्टर सुङ्गहुन कोले आयोजना प्रबन्धक (पीएमसी), प्रा. इनहो ह्वाङ, केयू-आईआरडीपी/एनटीआईसी पीआई/टीम लीडर प्रा डा. बिमप्रसाद श्रेष्ठ र पीएमसीका अन्य प्रतिनिधिहरूको उपस्थितिमा विजेताहरूलाई रकम हस्तान्तरण गरेका आयोजकले जनाएको छ।

सो रकम प्राप्त गर्ने बिजेताहरुमा इकोफ्रोस्ट नेपालका जोसेफ श्रेष्ठ,
मुशुरका शिशिर पन्त, सोलर हाइब्रिड ड्रायरका लागि सिद्धार्थ श्रेष्ठ रहेका छन् । त्यसैगरी जाम्भला एग्रिकल्चर फर्म इन्टरप्राइजेजकी कमला लामा र
बाई प्याडकी आग्या ढुंगाना प्रत्येकले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

यस कार्यक्रमअन्तर्गत कृषि, उर्जा र स्वास्थ्यसँग सम्बन्धित नयाँ स्टार्टअप सोच भएका प्रोजेक्टबीच प्रतिस्पर्धा गराईएको थियो।

प्राप्त भएका आवेदनबाट पहिलो चरणमा १० वटा आइडिया छनौट गरेर ती १० आइडियामध्ये अन्तिम चरणमा पाँचवटा उत्कृष्ट आइडिया छनौट गरिएको बताईएको छ।

बिजेताहरुलाई बिउ पूँजीसहित उद्यमशीलता र व्यवसाय सम्बन्धित तालिम दिइनेछ। सो रकमले करिब एक वर्ष वा सोभन्दा बढी समयसम्म छनौट भएका आइडियालाई व्यावसाय स्थापना गर्न, व्यावसायिक तथा आर्थिक रणनीतिहरू बनाउन मद्दत गर्ने आयोजकले यसअघि जानकारी दिएको थियो।

easy care

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार