विद्युतीय सवारी साधन सञ्चालन गर्न राष्ट्रपति भण्डारीको जोड

Technology Khabar ४ मंसिर २०७८, शनिबार

विद्युतीय सवारी साधन सञ्चालन गर्न राष्ट्रपति भण्डारीको जोड

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय सवारी सञ्चालन गरेर जलवायु परिर्तनले ल्याएका सङ्कट कम गर्न सकिने बताईन्।

पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताईन् ।उनले काठमाडौँ उपत्यकामा इँटाभट्टा र पेट्रोलियम सवारीका कारण प्रदूषण बढेको भन्दै धेरै प्राकृतिक ऊर्जाको प्रयोग हुने क्षेत्रमा विद्युत्को प्रयोग गर्न सकिए प्रदूषण र व्यापार घाटा कम हुने बताईन् ।

‘वायु प्रदूषणको असर कम गर्न विद्यमान यातायात व्यवस्थालाई विद्युतीय यातायातमा रुपान्तरण गर्नुपर्छ’, उनले भनिन्, ‘काठमाडौँ उपत्यकामा मात्र विद्युतीय सवारी सञ्चालनको व्यवस्था गर्न सकिए यहाँका वातावरण स्वच्छ हुन्छ, पेट्रोलियम पदार्थको आयातका कारण थपिएको बोझ कम हुन्छ, यसबाट वायुप्रदूषण कम हुने मात्र नभई व्यापार घाटा सन्तुलनमा ल्याउन पनि बल पुग्छ।’

राष्ट्रपति भण्डारीले आयात वृद्धिसँगै दिन प्रतिदिन मुलुकको व्यापार घाटा बढिरहेकामा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताईन्।

नेपालमा रहेको स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डारलाई आत्मनिर्भरताका लागि प्रयोग गर्न सुझाव दिदैं उनले नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य र वनजन्य उत्पादनमा हामी आत्मनिर्भर हुन नसक्दा मुलुकले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको बताईन्।

easy care

प्रकाशित: ४ मंसिर २०७८, शनिबार

ताजा समाचार