टीभीएस मोटरको इलेक्ट्रिक भेहिकल निर्माणका लागि सहायक कम्पनीको घोषणा

Technology Khabar ५ कार्तिक २०७८, शुक्रबार

टीभीएस मोटरको इलेक्ट्रिक भेहिकल निर्माणका लागि सहायक कम्पनीको घोषणा

काठमाडौं ।

इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा आफ्नो उपस्थिति बढाउन भारतीय मोटरसाइकल कम्पनी टीभीएस मोटरले बिहीबार एक नयाँ सहायक कम्पनी स्थापनाको घोषणा गरेको छ।

कम्पनीले दिएको जानकारी अनुसार कम्पनीको बोर्डले इलेक्ट्रिक मोबिलिटी बिजनेसको लागी एक नयाँ सहायक कम्पनीलाई अनुमोदन गरेको छ।

टीभीएस मोटर कम्पनीका सीईओ र निर्देशक के. एन राधाकृष्णनकाअनुसार टीभीएसले विद्युतीय गाडीको क्षेत्रमा १ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने योजना बनाएको छ।

टीभीएससँग अहिलेको अवस्थामा इलेक्ट्रिक भेहिकल सेगमेन्टमा आफ्नो पोर्टफोलियोमा मात्र एक उत्पादन आईक्यूब (iQube) नामक स्कूटर छ।

टीभीएस आईक्यूब गत बर्ष जनवरीमा लन्च गरीएको थियो र हाल भारतमा मात्र उपलब्ध रहेको छ। नयाँ सब्सिडरीले वैश्विक बजारमा इलेक्ट्रिक भेहिकल क्षेत्रमा विस्तार गर्ने अवसर दिने राधाकृष्णनले बताए। उनले भने, ‘धेरै चाँडै हामी नयाँ इलेक्ट्रिक भेहिकल उत्पादनहरु देख्नेछौं। यो सहायकले हाम्रो ब्यापार बढाउन हामीलाई लचीलोपन र स्वतन्त्रता दिनेछ।”

यस बर्षको सुरुमा, बजाज अटोले इलेक्ट्रिक र हाइब्रिड भेहिकलको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न नयाँ सहायक कम्पनीको निर्माण गर्ने घोषणा गरेको थियो। इलेक्ट्रिक भेहिकल चार्जिंग पूर्वाधार स्थापित गर्न भर्खरै कम्पनीले टाटा पावरसंग साझेदारी गरेको छ। भारतभरमा विद्युतीय सवारीसाधन चार्जिंग पूर्वाधारको स्थापना को अलावा, दुबै कम्पनीहरुले टीभीएस मोटर्सको तोकिएका स्थानहरुमा सौर्य ऊर्जा टेक्नोलोजी पनि स्थापना गर्नेछन्।

सो साझेदारीको उद्देश्य भारतमा इलेक्ट्रिक मोबिलिटीलाई बढावा दिनको लागी एक ठूलो संख्या मा इलेक्ट्रिक दुई पांग्रे चार्जिंग पूर्वाधारको निर्माण गर्नु हो।

यसअघि सेप्टेम्बरमा टीभीएस मोटर्सले स्विस ई-बाइक कम्पनी ईजीओ मुभमेन्टको ८० प्रतिशत सेयर १.७९ करोड डलरमा किनेको थियो। कम्पनीले आगामी तीनदेखि पाँच बर्षमा ईबाइक खण्डमा १०-१५ मिलियन डलर सिर्जना गर्ने योजना बनाएको छ। एजेन्सीका साथ

easy care

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

ताजा समाचार