डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

Technology Khabar ९ आश्विन २०७८, शनिबार

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

काठमाडौं ।

बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरे। झापाका अन्य स्थानहरूमा डिशहोम फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रोज्वल अधिकारीले बताए।

डिशहोम फाइबरनेट देशबासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौंडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ९ आश्विन २०७८, शनिबार

ताजा समाचार