साहारा एपले ल्यायो ‘धमाकेदार दशैँ अफर’

Technology Khabar ६ आश्विन २०७८, बुधबार

साहारा एपले ल्यायो ‘धमाकेदार दशैँ अफर’

काठमाडौं ।

राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी ‘धमाकेदार दशैँ अफर’ ;सार्वजनिक छ ।

यस योजना अन्तर्गत राइडरले होण्डा साइन मोटरसाइकल र रेडमी ९ मोबाइल तथा सेवाग्राहीले साहाराको वालेटमा ५ ह‍जार रुपैयाँ जित्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार असोज १ देखि २० गतेसम्म चल्ने यो योजनामा हरेक हप्ता टप राइडरले रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनुपर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् ।

नेपालमा सन् २०१९ देखि राइड शेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनिका सीईओ विशाल जीसीले जानकारी दिए ।

easy care

प्रकाशित: ६ आश्विन २०७८, बुधबार