क्रिप्टोकरेन्सी बिटक्वाइनको बजार मूल्य फेरि ५० हजार डलर माथि पुग्यो

Technology Khabar २१ भाद्र २०७८, सोमबार

क्रिप्टोकरेन्सी बिटक्वाइनको बजार मूल्य फेरि ५० हजार डलर माथि पुग्यो

काठमाडौं ।

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य लामो समयपछि ५० हजार डलर नाघेको छ । आइतबार बिटक्वाइन ०.४ प्रतिशतले बढेर ५०,१८८ अमेरिकी डलरमा पुगेको थियो, जसमा यसको पछिल्लो मूल्यमा २४५.२४ अमेरिकी डलर बढेसँगै बिटक्वाइन ५० हजार डलर नाघेको हो ।

संसारको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध क्रिप्टोकरेन्सी जनवरी ४ मा यो वर्षकै सबैभन्दा न्यून मूल्य २७,७३४ अमेरिकी डलरमा पुगेको थियो । हालको मूल्य यस वर्षको न्यूनतम मूल्यभन्दा ८१ प्रतिशत माथि छ।

इथेरियम ब्लकचेन नेटवर्कसंग जोडिएको सिक्का ईथर पनि आइतवार १.१ प्रतिशतले बढेर ३९३२.०७ डलर भयो, यसको अघिल्लो मूल्यभन्दा यो करिब ४४.९७ डलरले बढेको छ। एजेन्सी

easy care

प्रकाशित: २१ भाद्र २०७८, सोमबार