जिरो-क्लिक ह्याक्स के हो? यसले कसरी काम गर्छ?

Technology Khabar ८ श्रावण २०७८, शुक्रबार

जिरो-क्लिक ह्याक्स के हो? यसले कसरी काम गर्छ?

काठमाडौं ।

हिजोआज जिरो-क्लिक ह्याक्सको खुब चर्चा चलिरहेको छ। तर यो के हो र यसले कसरी काम गर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।

सामान्य हिसाबले भन्नुपर्दा यसले डिभाइसमा क्लिक नै नगरी हमला गर्न सक्छ। यसैले यसलाई जिरो क्लिक अट्याक भनिन्छ।

यो तरिका प्रविधिको नयाँ रूप हो जसलाई हामी साइबर सुरक्षा क्षेत्रको विकासका रुपमा लिन सक्छौं।

जीरो-क्लिक ह्याक साइबर सुरक्षाको क्षेत्रमा भइरहको विकासका आधारमा स्थिर गतिमा अगाडि बढिरहेको छ। यस प्रकारको हमलाको लक्षित वर्ग वा परिणाम निकै ठूलो परिमाणमा हुन सक्छ।

के हो जिरो क्लिक अट्याक्स?

यसको नामा बाट नै थाहा हुन्छ कि यो तरिकामा कुनै क्लिक नगरी ह्याक गर्न सकिन्छ। यसको मतलब कल, एसएमएस वा लिंक मा क्लिक नगरिकन नै कुनै पनि डिभाइस वा एकाउन्ट ह्याक हुन सक्छ।

वास्तवमा यसमा ह्याकरले प्रविधिका जोखिम वा कमजोरीको फाइदा उठाउँदै कसैको पनि डिभाइसमा पस्न सक्छ र वास्तविक धनीलाई त्यसका बारेमा शंका समेत हुँदैन।

पेगासस स्पाइवेयरले यस्तै खालको काम गर्छ। पेगासस एउटा यस्तो सफ्टवेयर हो जसले कुनै अनुमति वा सहमतिबेगर नै तपाईँको फोन एक्सेस गरेर व्यक्तिगत तथा सम्वेदनशील जानकारी संकलन गरी जासूसी गर्नेलाई दिनका लागि बनाइएको हो।

यो फिशिङभन्दा अझ एक कदम अगाडिको प्रविधि हो।

पेगाससको आधुनिक हमलामा उसले कुनै लिंक वा मेसेज पठाउँदैन, न त मिस्ड क़ल नै आउँछ।

यसरी बिना कुनै मैसेज र लिंक नै यूजरहरु ह्याकिङको शिकार बन्न पुग्छन्। यसै प्रविधिलाई जिरो क्लिक अट्याक भनेर बुझिन्छ।

easy care

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार