एन्ड्रोइड फोनको डाटा आईफोनमा कसरी ट्रान्सफर गर्ने ? यी तरीकाले मिनेटमै डाटा सिफ्ट गर्नुस्

Technology Khabar २५ असार २०७८, शुक्रबार

एन्ड्रोइड फोनको डाटा आईफोनमा कसरी ट्रान्सफर गर्ने ? यी तरीकाले मिनेटमै डाटा सिफ्ट गर्नुस्

काठमाडौं ।

एप्पल आईफोनको क्रेज नेपालसहित विश्वभर सधैं रहँदै आएको छ। यद्यपि यसको मूल्य उच्च छ, तर यसको फ्यानहरू पनि कम छैनन्।

यदि तपाईँले भर्खरै नयाँ आईफोन किन्नु भएको छ भने कसरी तपाईको एन्ड्रोइड फोनको डाटा यसमा स्थानान्तरण (ट्रान्सफर) गर्ने भन्ने समस्याको सामना गर्नुपर्नेछ। त्यसैले हामी यस रिपोर्टमार्फत तपाईंको समस्या समाधान गर्नेछौं।

एन्ड्रोइड फोनबाट आईफोनमा डाटा स्थानान्तरण कसरी गर्ने ?

यो एपको आवश्यकता

यदि तपाईं आफ्नो आईफोनमा एन्ड्रोइडबाट डाटा स्थानान्तरण गर्न चाहानुहुन्छ भने, त्यसो भए पहिले तपाईले एन्ड्रोइड फोनमा Move to iOS एप डाउनलोड गर्नुहोस्। यसको सहयोगले तपाईं सजिलैसँग डाटा ट्रान्सफर गर्न सक्षम हुनुहुनेछ। यो तेस्रो पक्षिय एप र एप्पलको आधिकारिक एप हो। एप्पलले पनि यो एप प्रयोग गर्न सुझाव दिन्छ।

यसरी एन्ड्रोइडबाट आईफोनमा डाटा स्थानान्तरण गर्नुहोस्

> नयाँ आईफोन सेटअप गर्दा तपाईँले एप र डाटा (Apps & Data)को विकल्प देख्नुहुनेछ।

> यहाँ तपाईंले एन्ड्रोइड विकल्पबाट डाटा सार्नुहोस् (Move Data from Android) लाई चयन गर्नुपर्नेछ, त्यसपछि एउटा कोड देखा पर्नेछ।

> यो गरिसकेपछि, एन्ड्रोइड डिभाइसमा (Move to iOS) एप खोल्नुहोस् र तपाईंको कोड फेला पार्नुहोस् (Find your Code) विकल्पमा जानुहोस् र ‘कन्टिन्यू’मा क्लिक गर्नुहोस्।

> अब तपाईंले आईफोनमा देखाइएको ६ अंकको कोड एन्ड्रोइड डिभाइसमा टाइप गर्नुपर्नेछ।

> एन्ड्रोइड फोनमा तपाईँले क्यामरा, सन्देश, सम्पर्क जस्ता धेरै विकल्पहरू देख्नुहुनेछ।

> अब तपाईं यसबाट स्थान्तरण गर्न चाहानु हुने जुनसुकै डाटा चयन गर्नुहोस्।

> स्थानान्तरण प्रक्रिया समाप्त भएपछि, यो काम सम्पन्न गर्नुहोस्।

easy care

प्रकाशित: २५ असार २०७८, शुक्रबार