स्वचालित रोबोट्याक्सी उत्पादनका लागि बाइदु र बीएआईसीबीच साझेदारी

Technology Khabar ९ असार २०७८, बुधबार

स्वचालित रोबोट्याक्सी उत्पादनका लागि बाइदु र बीएआईसीबीच साझेदारी

काठमाडौं ।

चिनियाँ कम्पनी बाइदुले आगामी ३ वर्षभित्र १ हजार ओटा स्वचालित विद्युतीय रोबोट्याक्सी निर्माणका लागि साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

उसले राज्यद्वारा सञ्चालित बीएआईसी ग्रुपसँग प्रति सवारी ७४, ९८७ डलर पर्ने स्वचालित विद्युतीय सवारी निर्माणका लागि सम्झाैता गरेको हो।

मंगलबार भएको घोषणा बाइदुको बीएआईसीको विद्युतीय सवारी एकाइ आर्कफक्ससँग रहेको सम्झाैताको निरन्तरता रहेको बुझिएको छ।

यसअघि आफ्नो सर्च इन्जिनका लागि चर्चित बाइदुले सन् २०१५ मा आफ्नो व्यापारमा विविधीकरण गर्दै स्वचालित सवारीका क्षेत्रमा हात हालेको थियो। उसले आफ्ना सवारीलाई चीनको बेइजिङ र अमेरिकाको क्यालिफोर्नियामा परीक्षण गरेको थियो।

एपोलो मून नाम रहेको नेक्स्ट जेनेरेशन रोबोट्याक्सी पूर्ण विद्युतीय पाँच सिट भएको एसयूभी आर्कफक्स अल्फा-टीको फ्रेममा बन्नेछ।

यसमा १३ क्यामरा तथा ५ मिलिमिटरका वेभ राडार, फेलियर डिटेक्टरलगायतका थुप्रै सेन्सरहरु राखिनेछन्। यसबाहेक आर्टिफिसियल इन्टेलिजेन्सयुक्त भ्वाइस असिस्टेन्ट, मोबाइल एप क्लाइमेट कन्ट्रोल तथा इन्टेलिजेन्ट कार डोरलगायतका नयाँ फिचरहरु पनि थपिनेछन्।

एपोलो मून बाइदुको एएनपी रोबोट्याक्सी आर्किटेक्चरमा आधारित हुनेछ। यो एएनपी रोबोट्याक्सी आर्किटेक्चर एउटा न्याभिगेशन प्लेटफर्म हो जसले स्वाचालित सवारीका पार्टपुर्जाको तोल घटाएर ड्राइभिङ डाटालाई एउटै सूचना प्रणालीभित्र समाहित गर्ने कम्पनीले दावी गरेको छ।

यो स्वचालित सवारी कम्तीमा ५ वर्ष चल्ने र यसको निर्माण लागत ४८०००० युआन लाग्ने अनुमान गरिएको छ। यसबाट चीनमा स्वाचालित राइड हेलिङ सेवाप्रति मानिसहरुको रुचीका साथमा सवारी पनि उल्लेख्य मात्रमा थपिने कम्पनीले बताएको छ।

यसले एपोलोको सेवा देशका थुप्रै शहरमा विस्तार गर्न मद्दत गर्नेछ। यस्तो सेवा हाल बेइजिङ, शांघाइ, ग्वाङजाउ रचोङकिङजस्ता शहरमा मात्रै उपलब्ध छन्।

बाइदुका अनुसार यसका स्वचालित सवारीका एकमुष्ट परीक्षण माइलेज लगभग १ करवड २० लाख किलोमिटर रहेको र दैनिक ४० हजार किलोमिटर थपिँदै गइरहेका छन्। कम्पनीले इन्टेलिजेन्ट ड्राइभिङका २९०० पेटेन्ट तथा २४४ ओटा सडक परीक्षण इजाजत लिएको दावीसमेत गरेको छ।

easy care

प्रकाशित: ९ असार २०७८, बुधबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार