काठमाडौं उपत्यकामा अनलाइन सेवा तथा हाेम डेलिभरी सेवा खुल्यो

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

काठमाडौं उपत्यकामा अनलाइन सेवा तथा हाेम डेलिभरी सेवा खुल्यो

काठमाडौं ।

प्रशासनले काठमाडौं उपत्यका अनलाइन सेवा तथा हाेम डेलिभरी सेवा खुला गरेकोछ । आज बसेको उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार १ गतेदेखि अनलाइन सेवा तथा टेक अवे होम डेलिभरी सेवालाई खुला गरेको हो ।

नयाँ आदेशअनुसार प्रशासनले अत्यावश्यक सेवाको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनको लागि उपत्यकाभित्र बेलुका ७ बजेसम्म खुला गर्ने निर्णय गरेको हो ।

प्रशासनले आदेशमा शैक्षिक संस्थाहरुलाई अनलाइन तथा भर्चुअल माध्यमबाट पठन पाठन समेत गर्न अनुमति  दिएको छ ।

यसैगरि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ।

विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ।

प्रशासनले अहिलेको निषेधाज्ञालाई बढाएर अब उपत्यकाभित्र असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।

यस्तो छ आदेश-

easy care

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

ताजा समाचार