प्रविधि उद्यमी तथा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

प्रविधि उद्यमी तथा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन

काठमाडौं ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष एवं वर्डप्रेस नेपालका सह संस्थापक उज्ज्वल थापाको निधन भएको छ ।

ललितपुरस्थित नेपाल मेडिसिटीमा उपचाररत थापाको इक्मो प्रविधिबाट उपचारको प्रयास भएको थियो ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पूर्व संयोजक थापाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

कोरोना र निमोनिया देखिएपछि केही साताअघि अस्पताल भर्ना भएका ४४ वर्षीय थापाको सोमबार पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो ।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

थापाले आफ्नो करियर प्रविधि उद्यमीको रुपमा शुरु गरेका थिए । उनले सन् २००२ मा डिजिटल म्याक्स सलुसन्स नामक वेबसाइट विकास गर्ने तथा सोशल मिडिया ब्राण्डिङ्ग गर्ने कम्पनी संचालन गरेका थिए । पछि उनी वर्ड प्रेस नेपाल स्थापनामा सक्रिय सहभागी भएका थिए ।

easy care

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार