विद्यार्थीहरुलाई ल्यापटप खरिदमा सहुलियत र सिमकार्ड निशुल्क दिने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

विद्यार्थीहरुलाई ल्यापटप खरिदमा सहुलियत र सिमकार्ड निशुल्क दिने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेट प्रस्तुत गरेकोछ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसको उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि कर्जा उपलब्ध हुने बताए ।

सरकारले विद्यार्थीहरुलाई रु ८० हजार सम्मको ल्यापटप खरिद गर्नका लागि ऋण रकम दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक प्रतिशत ब्याजदरमा दुई वर्षको अवधि रहने गरी कर्जा उपलब्ध गराउने घोषणा गरे।

यसका साथै १६ वर्ष उमेरसम्मका विद्यार्थीको लागि एक थान सिम निशुल्क दिने व्यवस्था मिलाएको छ ।

easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार