अमेजनले एमजीएम स्टुडियोलाई ८.४५ अर्ब डलरमा किन्यो

Technology Khabar १२ जेष्ठ २०७८, बुधबार

अमेजनले एमजीएम स्टुडियोलाई ८.४५ अर्ब डलरमा किन्यो

काठमाडौं ।

अमेजनले बुधबार एमजीएम स्टुडियोलाई ८.४५ अर्ब डलरमा अधिग्रहण गर्ने बताएको छ। कम्पनीले एमजीएमलाई किनेर  मनोरञ्जन उद्योगमा प्रवेश गरेको छ र यसका स्ट्रीमिङ्ग महत्वाकांक्षालाई उर्जा प्रदान गर्दैछ।

यो सम्झौता अमेजनको इतिहासमा दोस्रो सबैभन्दा ठूलो अधिग्रहण हो, यसले सन् २०१४ मा १३।७ अर्ब बिलियन डलरमा होल फूड्सको खरीद गरेको थियो ।

अमेजनले भन्यो यसले एमजीएमको फ्लिममेकिंग ईतिहास र ४,००० चलचित्र र १७,००० टिभी कार्यक्रमहरूको विस्तृत श्रेणीले अमेजन स्टुडियो, यसको फिल्म र टिभी डिभिजनलाई मद्दत पुर्‍याउन आशा गर्दछ।

यसअघि नै सो कम्पनी किन्नका लागि अमेजन करिब १ सातादेखि प्रयासरत रहेको रिपोर्ट आएको थियो ।

नयाँ खरिदसँगै अमेजनले बजारमा नेटफ्लिक्स डिज्ने र अन्य भिडियो स्ट्रीमिङ्ग सेवा प्रदायकहरुसँग प्रतिस्पर्धा गर्नेछ।

अमेजन स्टुडियो तथा प्राइम भिडियोका वरिष्ठ उपाध्यक्ष माइक हपकिन्सले एमजीएमलाई किनेपछि उच्चस्तरको स्टोरी टेलिङ्ग आउने अपेक्षा गरिएको बताएका छन् ।

easy care

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

ताजा समाचार