भारतीय रिलायन्स जियोले अन्तर्राष्ट्रिय सबमरिन केबल प्रणाली निर्माण गर्ने

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

भारतीय रिलायन्स जियोले अन्तर्राष्ट्रिय सबमरिन केबल प्रणाली निर्माण गर्ने

काठमाडौं ।

भारतको सबैभन्दा ठूलो मोबाइल तथा ब्रोडब्यान्ड कम्पनी रिलायन्स जियोले अन्तर्राष्ट्रिय सबमरिन केबल प्रणाली निर्माण गर्ने भएको छ । रिलायन्स जियोले नयाँ जेनेरेसनको दुई सबमरिन केबुल बिछ्याउने छ।

यसलाई भारत र सम्पूर्ण भारतीय क्षेत्रको डाटा आवश्यकताहरूलाई ध्यानमा राख्दै डिजाइन गरिएको बताईएको छ। जियोले यसका लागि धेरै प्रमुख विश्वव्यापी साझेदारहरू र विश्वस्तरीय सबमरिन केबल आपूर्तिकर्ता सबकमसँग सहकार्य गरेको छ।

भारत-एशिया-एक्सप्रेस (आईएएक्स) प्रणालीले भारतलाई पूर्वतर्फ सिंगापुर र त्यस भन्दा अगाडी जोड्नेछ। जबकि भारत-यूरोप-एक्सप्रेस (आईएक्स) प्रणालीले भारतलाई पश्चिम तिर  मध्य पूर्व र यूरोपसँग जोड्नेछ। यी दुबै सबमरिन केबल प्रणालीले भारतमा र भारत बाहिर डाटा र क्लाउड सेवाहरू पुर्‍याउने क्षमता बढाउनेछ।

यो उच्च गति प्रणालीले करीव १६ हजार किलोमिटरको दुरीका लागि २०० टेराबाइट प्रति सेकेण्ड भन्दा बढीको क्षमता प्रदान गर्दछ।

रिलायंस जियोका अध्यक्ष, म्याथ्यू ओमनले भने, ‘भारतमा डिजिटल सेवा र डाटा खपतमा रिलायन्स जियो नेटवर्क अग्रणी स्थानमा छ। स्ट्रीमिंग भिडियो, रिमोट वर्कफोर्स, ५जी, आईओटीको माग पूरा गर्न जियोले यस भारत केन्द्रित आईएएक्स र आईएक्स प्रणाली बनाउन पहिलोपटक नेतृत्व गर्दैछ।’

आईएएक्स केबल प्रणालीले भारतका राज्यहरुमुम्बई, चेन्नईदेखि थाईल्यान्ड, मलेसिया र सिंगापुरमा एक्सप्रेस कनेक्सन प्रदान गर्दछ। अर्कोतर्फ आईएक्स प्रणालीले भारतलाई युरोप, इटालीसँग मध्य पूर्व र उत्तर अफ्रिकासम्म जोड्नेछ।

आईएएक्स र आईएक्स प्रणालीहरूले रिलायन्स जियोको ग्लोबल फाइबर नेटवर्कमा पनि कनेक्सन गर्दछन्, जसले अमेरिकाको पूर्वी र पश्चिमी तटहरू जोड्दछ। आईएएक्स २०२३ को मध्यमा सेवाको लागि तयार हुने आशा गरिएको छ, जबकि आईईएक्स २०२४ को सुरूमा सेवाको लागि तयार हुनेछ। एजेन्सीहरु

easy care

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार