अक्सिजनको आवश्यकता परे स्वास्थ्य मन्त्रालयको यी हटलाइन नम्बरमा फोन गर्नुस्

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

अक्सिजनको आवश्यकता परे स्वास्थ्य मन्त्रालयको यी हटलाइन नम्बरमा फोन गर्नुस्
सांकेतिक तस्विर

काठमाडौं ।

कोभिड-१९ संक्रमित बिरामीहरुका लागि अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो ।

अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणका लागि मन्त्रालयले ९८५१३१०५८१९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । त्यसैगरि यसको लागि इमेल ठेगाना [email protected] मा पनि सम्पर्क गर्न सकिने बताईएको छ ।

शुक्रबार बसेको सचिवस्तरीय बैठकले कोरोना संक्रमितहरुको उपचार गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्न सक्ने सूचनामा उल्लेख छ ।

easy care

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

ताजा समाचार