चीनको टेक जायन्टका सिईओले साझा गरेको प्राचीन कविताले कम्पनीको सेयर धरासायी

Technology Khabar २९ बैशाख २०७८, बुधबार

चीनको टेक जायन्टका सिईओले साझा गरेको प्राचीन कविताले कम्पनीको सेयर धरासायी

काठमाडौं ।

चिनियाँ खाद्य डेलिभरी जायन्ट मेटुआनको सेयरहरू तिब्रगतिले कम भएको छ जतिबेला यसको मालिकले सोशल मीडियामा १,००० वर्ष पुरानो कविता साझा गरेका थिए।

फर्मको अर्बपति प्रमुख कार्यकारी वाङ्ग झिंगले झाङ्गझीद्वारा लिखित बुक बर्निंग पिट पोस्ट गरेका थिए र लगत्तै त्यसपछि हटाइएको थियो ।

टाङ्ग राजवंशको समयको कवितालाई राष्ट्रपति शी जिनपिङ्गको सरकारको आलोचनाको रूपमा व्याख्या गरिएको थियो।  मेटुआनमाथि हाल यसको बजार प्रभुत्व दुरुपयोगको आरोपमा छानबिन चलिरहेको छ।

कम्पनी चीनको सबैभन्दा ठूलो टेकअवे फूड डेलिभरी र लाइस्टाइल सर्भिस प्लेटफर्म हो र यसलाई टेक्नोलोजी जायन्ट टेन्सेन्टले सपोर्ट गरेको छ।

यसको करिब २२० बिलियनको बजार मूल्यांकन रहेको छ र अप्रिलमा ड्रोन र सेल्फ ड्राइभिङ्ग सवारीहरू प्रयोग गरेर डेलिभरीको लागि लगानी गर्ने योजनाहरूको लागि थप १० अर्ब डलर उठाएको थियो ।

चिनियाँ मिडियाले रिपोर्ट गरेअनुसार फनफाउ सोशल मिडिया प्लेटफर्मबाट आइतवार पोष्ट हटाएपछि मेटुआनका प्रमुख कार्यकारी वाङ्गले एउटा स्पष्टीकरण जारी गर्दै भने -कविता उनको कम्पनीका प्रतिस्पर्धीहरुका लागि एक संदर्भ हो।’

सो कथनको बावजुद, सोमबार बिहान बजार खुलेको समयमा मेटुआनको हङ्गकङ्गका सूचीबद्ध सेयरहरू १४ प्रतिशतले घटेको थियो ।

चिनियाँ व्यापारी नेताहरू जसले सरकारको आलोचना गरेको देखिएको छ उनीहरूका कम्पनीहरू अधिकारीहरूको गहन छानबिनमा परेकाले लगानीकर्ताहरू चिन्तित छन्। बीबीसी

easy care

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

ताजा समाचार