स्पेसएक्सको नयाँ स्टारशिप प्रोटोटाइप एसएन१५ को सफल परीक्षण

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

स्पेसएक्सको नयाँ स्टारशिप प्रोटोटाइप एसएन१५ को सफल परीक्षण

काठमाडौं ।

स्पेसएक्सले आफ्नो स्टारशिपको भर्खरको प्रोटोटाइप, एसएन१५ को एक सफल हाई अल्टिच्यूड उडान र अवतरण पूरा गरेको छ । चार पछिल्लो परीक्षण क्राफ्टहरू सबै समस्यामा रहेका थिए र उनीहरूको टचडाउनको समयमा नष्ट भएका थिए ।

तर स्पेसएक्सले आफ्नो स्टारशिपको १५ औं प्रोटोटाइप पूर्ण रूपमा पुन प्रयोग हुने किसिमको नयाँ पुस्ताको रकेटको सफल उडान गरेको हो । एक परीक्षण उडानमा जसमा लगभग ३०,००० फिटसम्म सफल उडान, साथै नियन्त्रित फ्लिप र सहज अवतरण योजना थियो जून पुरा गरेको छ।

यसअघिका प्रोटोटाइप उडानहरुमा समस्या देखिएका थिए । तर एसएन १ लाई त्यस्तो कुनै कठिनाई थिएन, टेक्सासको स्पेसएक्सको आर एन्ड डी सुविधामा सहज उडान र नियन्त्रितरुपमा जमिनमा फिर्ता भएको थियो । टचडाउनमा रकेठको आधारको वरिपरि एउटा सानो आगो देखियो तर त्यो चाँडै निभाइयो। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले यो दशक पछि चन्द्रमामा अन्तरिक्ष यात्रीहरु अवतरण गर्न छनौट गरेको छ त्यसैले स्टारशिप अवधारणामा पर्याप्त चासो लिईएको छ।

सो क्राफ्ट तीन राप्टोर रकेट इञ्जिनहरूद्वारा संचालित थियो, जुन अपोजी अर्थात उच्च बिन्दुमा पुग्ने क्रममा बन्द भयो ।

स्पेसएक्सका सीईओ एलन मस्कले प्रक्षेपण लाइभस्ट्रीम समाप्त भएको ठीकपछि १५० फिट लामो एसएन१५ को राम्रो टचडाउन पुष्टि गरे। यो स्टारशिपको कक्षीय क्षमताको विकासको एक महत्वपूर्ण चरण हो, जब यसलाई सुपर हेवी बूस्टर रकेटमा अन्तरिक्षको माथिको स्थानमा लन्च गरेपछि र कक्षबाट फिर्ती यात्रा गरेपछि भेहिकललाई यो अवतरण प्रदर्शन गर्न आवश्यक पर्दछ । एजेन्सीका साथ

easy care

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

ताजा समाचार