अब अनलाइनबाटै प्रेस पास नवीकरण हुने, सवारी कर तिर्न सकिने

Technology Khabar १९ बैशाख २०७८, आईतवार

अब अनलाइनबाटै प्रेस पास नवीकरण हुने, सवारी कर तिर्न सकिने

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले चाैथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा थुप्रै नयाँ कार्यहरुको शुभारम्भ गरिने बताएका छन्।

भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा मन्त्री गुरुङले गरिब र धनी, सुगम र दुर्गम सबैका लागि महत्वपूर्ण रहेको बताएका छन्। कार्यक्रममा उनले डिजटल नेपालको फ्रेमवर्क नेपालको गेमचेन्जर नीतिका रुपमा आउने पनि बताए।

विकासका पूर्वाधारका रुपमा सञ्चार तथा सूचना प्रविधिको विकास नगरी समृद्ध नेपाल सुखी नेपालीको अवधारणा पूरा नहुने उनको भनाइ थियो।

आजै नागरिक एपको शुभारम्भ, नेपाललाई भ्रष्टाचारमुक्त बनाउन, पेपरलेस, फेसलेस बनाउने साथै लाइनको सट्टा अनलाइनमार्फत् सबै सरकारी सेवा दिनका लागि विभिन्न नयाँ अनलाइन प्रणालीहरुको शुभारम्भ गरिने उनले बताए।

कार्यक्रममा उनले अब अनलाइन बैंक खाता खोल्ने, केवाइसी भर्ने प्रक्रिया पनि शुभारम्भ हुने र त्यसको शुभारम्भा प्रधानमन्त्री ओलीले नेपाल बैंकमा खाता खोलेर गर्ने पनि जानकारी दिए।

स्थानीय तहका मोबाइल एपहरु नागरिक एपमा समावेश गर्ने साथै सबै स्थानीय निकायका स्वास्थ्य, शिक्षण संस्था तथा वडा कार्यालयमा द्रुत गतिको इन्टरनेटका लागि  पूर्वाधार पुर्याउने र सूचना प्रविधि केन्द्र स्थापना गरिने जानकारी दिए।

उनले फोरजी ७७ जिल्लामा पुगिसकेको र आजै फाइभजीको पनि परीक्षण शुभारम्भ नेपाल टेलिकममार्फत् गरिने जनाए।

नेपाल टेलिकमको डिजिटल पेमेन्ट नमस्ते पेको परीक्षण शुभारम्भ गरिने, अनलाइन प्रेस कार्ड नवीकरणको शुभारम्भ तथा सवारी कर अनलाइन तिर्न सकिनेजस्ता सेवाको शुभारम्भ गरिने बताए।

easy care

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार