पब्जी गेमको लाइट भर्सन बिहिबारदेखि बन्द, प्लेयर सपोर्ट एक महिनासम्म मात्र उपलब्ध हुने

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

पब्जी गेमको लाइट भर्सन बिहिबारदेखि बन्द, प्लेयर सपोर्ट एक महिनासम्म मात्र उपलब्ध हुने

काठमाडौं ।

पब्जी लाइट डेभलर्सले अप्रिल २९ मा बन्द हुने गत महिना नै घोषणा गरेका थिए । विकासकर्ताहरूद्वारा ३० मार्चमा साझा गरिएको समाप्ति तालिकामा टोलीले लाइट.पब्जी.कम (lite.pubg.com) वेबसाइट पहिले बन्द हुने घोषणा गरेका थिए भने, त्यसपछि अप्रिल २९ मा खेल सेवा बन्द हुने जानकारी दिएका थिए ।

पब्जी लाइट पब्जीको एउटा लाइभ भर्सन हो, जुन लाे इन्ड पीसी सेटअपमा प्ले गर्न डिजाइन गरिएको थियो। हेर्दा र गेमप्लेको आधारमा यो पब्जी जस्तै डिजाइन गरिएको थियो। यद्यपि यो पूर्ण रूपमा फ्रि-टु-प्ले खेल थियो, यसको अर्थ लाइट भर्सनमा यस खेलका सबै एलिमेन्टस थिए।

कम्पनीले केहि समयअघि मात्र पब्जी: न्यू स्टेटको घोषणा गरेको थियो ।

पब्जीको लाइट भर्सन २९ अप्रिलमा डेभलपर्सले बन्द हुने घोषणा गरेका थिए र गेम बिहिबार बिहान नेपाली समयअनुसार १०ः४५ मा बन्द गरिएको थियो। गेमको वेबसाइट बन्द गरिनुका साथै लाइट भर्सन डाउनलोड समेत उपलब्ध नहुने बताईएको छ । यस बारेमा कम्पनीले वेबसाइटमा नै जानकारी राखेको छ ।

गेम बन्द भएसँगै खेलाडीहरूले अब गेममा म्याच खेल्न सक्षम हुँदैनन् र उनीहरूको इन गेम पर्चेजमा क्वाइन खर्च गर्न सक्षम हुनेछैनन्।

कम्पनीका अनुसार पब्जी लाइटका लागि खेलाडीका लागि समर्थन मे २९ देखि बन्द गरीनेछ । तर पब्जी लाइटको फेसबुक पेज गेम बन्द भएपछि पनि चालू रहनेछ।

easy care

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

ताजा समाचार