नेपालकाे पहिलाे विद्युतीय माेटरसाइकल ‘यात्री’ काे बुकिङ्ग खल्ती वालेटबाटै गर्न सकिने

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

नेपालकाे पहिलाे विद्युतीय माेटरसाइकल ‘यात्री’ काे बुकिङ्ग खल्ती वालेटबाटै गर्न सकिने
Classic Tech

नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री माेटरसाइकलकाे बुकिंग खल्ती डिजिटल वालेटबाट सकिने भएकाे छ । यात्री माेटरसाइकलले पहिलाे चरणमा १ हजार बाइककाे बुकिंग लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइककाे बुकिंग गर्न सकिने व्यवस्था मिलाएकाे छ ।

यात्री माेटरसाइकलले खल्तीबाट मात्रै बुकिंगकाे भुक्तानी लिने छ । कम्पनीले नगद भुक्तानी लिने छैन । माेटरसाइकलकाे बुकिंग अप्रिल २३ (शुक्रबार) देखि गर्न सकिने बताईएको छ ।

यात्री माेटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएकाे विद्युतीय सवारी हाे । कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ ।

कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेकाे माेटरबाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ ।

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीकाे दाबी छ । यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल नेपालकाे पहिलाे विद्युतीय माेटरवाइककाे प्रिबुकिंग प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएकाे बताउँछन् । ‘नेपाली विद्युतीय माेटरबाइककाे लामाे प्रतिक्षा गरिरहेका ग्राहकले अब खल्ती माेवाइल एपबाटै त्यसकाे बुकिंग गर्न सक्ने भएका छन्,’ उनले भने, ‘यसरी प्रिबुकिंग गर्न पाउने सुविधा खल्ती वालेटमा मात्रै उपलब्ध छ ।’

TK Viber

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

Loading...