वैशाख १६ देखि गरिने निषेधाज्ञामा दूरसञ्चार तथा इन्टरनेट सेवाका सवारी साधनहरु सञ्चालन हुने

Technology Khabar १३ बैशाख २०७८, सोमबार

वैशाख १६ देखि गरिने निषेधाज्ञामा दूरसञ्चार तथा इन्टरनेट सेवाका सवारी साधनहरु सञ्चालन हुने

काठमाडौं ।

काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेका हुन् ।

यस बिचमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवामा समावेश भएका दूरसञ्चार सेवाहरु तथा इन्टरनेट सेवा तथा सो सेवाका लागि प्रयोग हुने सवारी साधनहरुलाई भने सञ्चालन गर्न दिने भएको छ ।

बैशाख १६ गतेदेखि एक साताका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

easy care

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

ताजा समाचार