सीजी टेलिकमको नक्कली फेसबुक बनाएर भ्रम फैलाईँदै, साइबर अपराधमा उजुरी गर्दै कम्पनी

Technology Khabar १३ बैशाख २०७८, सोमबार

सीजी टेलिकमको नक्कली फेसबुक बनाएर भ्रम फैलाईँदै, साइबर अपराधमा उजुरी गर्दै कम्पनी

काठमाडौं ।

सीजी टेलिकमको नाममा नक्कली फेसबुक पेज बनाई भ्रामक जानकारीहरु शेयर भईरहेको तर्फ चौधरी ग्रुपले सर्वसाधारण सबैलाई सचेत गराएको छ।

बिगत केहि दिनदेखि चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेशन्स लिमिटेड (सीजी टेलिकम) को नाममा अन्य इन्टरनेट सेवा प्रदायक तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई व्यङ्ग गरेर विभिन्न पोस्टहरु राखिएको र सोहि पोस्टहरु शेयर गरिएको भन्दै सो बारेमा कम्पनीले कानूनी कारबाहीको लागि कदम चालिरहेको जानकारी दिएको छ।

चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले सीजी टेलिकम कम्पनीको नाम प्रयोग गरेर नक्कली फेसबुक पेज बनाएर भ्रामक र गलत जानकारी पोस्ट गरिएको भन्दै त्यस बारेमा कानूनी कारबाही गरिने जानकारी दिए।

‘हामीले त्यस्तो गर्ने व्यक्ति समेत पत्ता लगाईसकेका छौं र सो व्यक्तिलाई त्यस बारेमा गलत जानकारी हटाउन र सचेत हुन भनेका छौं, त्यसपछि साइबर अपराधमा कारबाहीको प्रकृयामा जानेछौं,’ उनले भने।

हालसम्म सीजी टेलिकमको छुट्टै फेसबुक पेज नभएको र त्यस बारेमा आउने कुनैपनि भ्रामक जानकारीहरुबाट सबै सचेत हुन समेत उनले आग्रह गरेका छन् ।

केहि दिनअघि देखि सिजी टेलिकमको नाममा अन्य इन्टरनेट सेवा प्रदायकहरुलाई सिधै ट्याग गरेर उनीहरुको सेवाको गुणस्तर र सेवा शुल्कको बारेमा विभिन्न ‘मिम’ बनाएर सामाजिक सञ्जालहरुमा शेयर हुँदै आएका छन् ।

सिजी टेलिकमको नाममा शेयर गरिएको भ्रामक जानकारी ।

सोही आधारमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार नै प्रकाशन समेत गरेका थिए । जसले ग्राहकहरुमाझ भ्रम सिर्जना गरेको छ ।

easy care

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

ताजा समाचार