मेटलाइफका ग्राहकले अनलाइनबाटै बीमा दाबी गर्न सक्ने

Technology Khabar २ बैशाख २०७८, बिहीबार

मेटलाइफका ग्राहकले अनलाइनबाटै बीमा दाबी गर्न सक्ने

काठमाडौं ।

मेटलाइफ नेपालका ग्राहकले बीमा दाबी अनलाइनबाटै गर्न सक्ने भएका छन् । कम्पनीले यसै साता आफ्नो अनलाइन दाबी इन्टिमेसन सेवा सुचारु गरेको हो ।

अनलाइन दाबी इन्टिमेसनमार्फत ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दाबी अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

भुक्तानीका लागि बीमितबाट अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ कम्पनीको दाबी टोलीले तुरून्त दावी प्रक्रिया शुरु गर्नेछ।

मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बीमा दाबी ग्राहकको जीवनको पीडादायक समयमा ध्यान केन्द्रित गर्ने असहज परिस्थिति भएकाले बीमा दाबी प्रक्रियालाई सरल र सीधा बनाउने प्रयास गरेको बताए ।

कम्पनीले यस अघि अनलाइन बीमा दरखास्त, प्रिमियम भुक्तान, र केवाइसी अपडेटका साथैे नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको छ।

easy care

प्रकाशित: २ बैशाख २०७८, बिहीबार