फ्लिपकार्टले क्लियरट्रिपको स्वामित्व अधीनमा लिने

Technology Khabar २ बैशाख २०७८, बिहीबार

फ्लिपकार्टले क्लियरट्रिपको स्वामित्व अधीनमा लिने

काठमाडौं ।

फ्लिपकार्टले अनलाइन ट्राभल तथा होटलको टिकेटिङ गर्ने संस्था क्लियरट्रिपको स्वामित्व अधीनमा लिने भएको छ।

ई कमर्स साइट फ्लिपकार्ट वालमार्टको स्वामित्वमा रहेको कम्पनी हो भने आफ्नो व्यवसायको दायरा बढाउनका लागि उसले क्लियरट्रिपको स्वामित्व लिन लागेको बताइएको छ।

१४ वर्षअघि शुरु भएको क्लियरट्रिपले स्वामित्व बिक्रीका लागि ४ करोड डलर मूल्य राखेको छ। यो सम्झोता भन्दा अगाडि उसको मूल्यांकन ७ करोड ४० लाख डलरको थियो।  क्लियरट्रिपले आफ्नो स्वामित्व यति कम मूल्यांकनमा बेच्न राजी हुनुमा कोरोना महामारीका कारण विश्वभर नै ट्राभललगायत संस्थाहरुको काममा कमी आउनु वा रोकिनु हो।

भारतको समाचार संस्था मनीकन्ट्रोलको रिपोर्टमा यी दुई कम्पनीबीच गत महिना किनबेचसम्बन्धी कुराकानी चलेको थियो।

क्रियरट्रिप अमेजन इन्डियाको पनि साझेदार हो। यसले अमेरिकी ई-कमर्स ग्रुप अमेजनका लागि टिकेटिङको काम गर्ने गर्दथ्यो। यी दुई कम्पनीका बीच सन् २०१९ मा सम्झोता भएको थियो।

गएको हप्ता अमेजनलाई क्लियरट्रिपको फ्लिपकार्टसँग हुँदै गरेको किनबेच सम्झोताका बारेमा थाहा भए नभएको र थाहा भएमा ठिक लागे नलागेको प्रश्न सोधिएको थियो। त्यसको जवाफमा अमेजनले कुनै प्रतिक्रिया दिएको थिएन।

अमेजन हाल आफ्नो भारतीय साझेदार फ्युचर ग्रुपले आफ्नो व्यवसाय रिलायन्स रिटेललाई बेच्न गरेको निर्णय खारेज गर्न उजुरी हालेर कानुनी लडाईँ लडिरहेको छ।

easy care

प्रकाशित: २ बैशाख २०७८, बिहीबार