नबिल बैंकको नव बर्ष २०७८ को “नयाँ रहर, नयाँ अफर”

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

नबिल बैंकको नव बर्ष २०७८ को “नयाँ रहर, नयाँ अफर”

काठमाडौं ।

नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहक महानुभावहरुका लागि क्यासब्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा मिति २०७७/१२/२९ गते देखि २०७८/१/७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम रु १०००/– क्यासब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम रु १५००/– क्यासब्याक प्राप्त गर्ने बैंकले उल्लेख गरेको छ ।

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

ताजा समाचार