एयरटेल र जियोबीच १५ अर्ब भारु बराबरको स्पेक्ट्रम सम्झाैता

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

एयरटेल र जियोबीच १५ अर्ब भारु बराबरको स्पेक्ट्रम सम्झाैता

काठमाडौं ।

भारतका दुई चिर प्रतिद्वन्द्वी दूरसञ्चार सेवा प्रदायक एयरटेल र जियोबीच स्पेक्ट्रम खरिदसम्बन्धी ऐतिहासिक सम्झाैता भएको छ।

प्राय विभन्न विषयमा एक आपसमा दोषारोपण गरिरहने र एक अर्काको कामलाई देखिनसहने यी दुई कम्पनीबीच झण्डै १५ अर्ब भारु बराबरको सम्झाैता भएको हो।

यो सम्झाैता सरकारले ठूलो परिमाणमा फ्रिक्वेन्सी बिक्री गरेको एक हप्तापछि भएको हो। यो सम्झाैतामा जियोले एयरटेलसँग रहेको ८०० मेगाहर्ज आन्ध्र प्रदेश, मुम्बइ र दिल्ली क्षेत्रका लागि कुल फ्रिक्वेन्सी १४ अर्ब ९७ करोड भारु बराबरको फ्रिक्वेन्सी आदानप्रदानका लागि हस्ताक्षर भएको छ।

यस सम्झाैतापछि जियोले एयरटेललाई तत्काल १० अर्ब ३८ करोड भारु बुझाउनेछ भने बाँकी ४ अर्ब ५९ करोड भारु बराबरको भविष्यको दायित्व पनि बहन गर्नेछ।

यो स्पेक्ट्रम आदानप्रदान सम्झाैताअघि सन् २०१६ मा मुकेश अम्बानी दूरसञ्चार व्यवसायमा पुनरागमन गरेपछि यी दुई कम्पनीबीच किचलो भइरहन्थ्यो।

सुनिल मित्तलले स्थापना गरेको एअरटेलले मुकेश अम्बानीको जियोलाई दूरसञ्चार क्षेत्रमा वर्चश्व कायम गर्न पुरानो दरमा सेवा दिएको साथै भ्वाइस कल नि:शुल्क गरेर यस क्षेत्रको आर्थिक मोडलमा असन्तुलन ल्याएको आरोप लगाउँदै आएको थियो।

उता जियोले भने एयरटेल तथा भोडाफोनलगायतका अन्य प्रतिस्पर्धीहरुलाई आफ्नो सेवा सार्वजनिक गर्ने समयमा पर्याप्त अन्तरआबद्धता नदिएको आरोप लगाएको थियो। यसै कारणले गर्दा दूरसञ्चार नियामक संस्था ट्राइले जिओका प्रतिस्पर्धी कम्पनीहरुलाई ३० अर्ब ५० करोड भारु जरिबाना गरेको थियो।

एयरटेलका एसिया तथा भारतका लागि प्रमुख कार्यकारी गोपाल भिट्टलले उक्त सम्झोताका बारेमा भने, ‘यी तीन शहरका ८०० मेगाहर्ज स्पेक्ट्रम बिक्रीमार्फत् हामीले प्रयोग नभइरहेको फ्रिक्वेन्सीबाट लाभ लिन सफल भयोैँ जुन हाम्रो समग्र नेटवर्क रणनीति नै हो।’

अब जियोले एयरटेलको ८०० मेगाहर्ज स्पेक्ट्रममार्फत् आन्ध्र प्रदेशमा ३.७५ मेगाहर्ज, दिल्लीमा १.२५ मेगाहर्ज तथा मुम्बइमा २.५० मेगाहर्ज प्रयोग गर्ने अधिकार पाएको छ।

‘यो स्पेक्ट्रम प्रयोग गर्ने अधिकार बिक्रीले हामीसँग मुम्बइ क्षेत्रमा ८०० मेगाहर्ज ब्याण्डमा २x१५ मेगाहर्ज, आन्ध्र प्रदेश र दिल्लीमा २x१० मेगाहर्ज फ्रिक्वेन्सी हुनेछ। स्पेक्ट्रममा बढोत्तरी भएपछि हामीले आफ्नो नेटवर्क क्षमतामा वृद्धि गरेका छाैं ‘, जियोले भनेको छ।

easy care

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार