कलाकारको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ

Technology Khabar २४ चैत्र २०७७, मंगलवार

कलाकारको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

ब्यूरोले आज एक विज्ञप्ति जारी गरेर ती किशोरलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ पर्ने किशोर र ह्याक गरिएको कलाकारको नाम ब्यूरोले खुलाएको छैन । ब्यूरोका अनुसार

पक्राउ पर्नेमा पर्सा बहुदरमाइ नगरपालिका-५ बस्‍ने १४ वर्षीय बहुदरमाइ (नाम परिवर्तन) रहेका छन् भने

उनीमाथि पर्सा प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

easy care

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार