चार्जमा राखेको मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु

Technology Khabar १० चैत्र २०७७, मंगलवार

चार्जमा राखेको मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु
सांकेतिक

काठमाडौं ।

मोबाइल चार्जमा राखेर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहलाई उदृत गर्दै  अनलाइन‍खबरले समाचार प्रकाशित गरेको छ ।

रिपोर्टका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका-१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत थिईन् ।

मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज (मंगलबार) मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि जिल्ला अस्पताल लगे पनि उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

चार्जमा राखेर मोबाइल प्रयोग गर्नु निकै खतराजन्य मानिन्छ तर धेरै जसो प्रयोगकर्ताहरुले भने त्यसमा हेलचेक्राईँ गर्ने गर्दछन् । यसरी मोबाइल चलाउँदा करेन्ट लाग्ने ब्याट्री तातेर पड्किने लगायतका घट्नाहरु हुने गर्दछन् ।

easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

ताजा समाचार