एफएनसीसीआईले ५० वटा स्टार्टअपहरुलाई सहयोग गर्दै, चैत तेस्रो साताबाट आवेदन खुला

Technology Khabar ९ चैत्र २०७७, सोमबार

एफएनसीसीआईले ५० वटा स्टार्टअपहरुलाई सहयोग गर्दै, चैत तेस्रो साताबाट आवेदन खुला

काठमाडौं ।

नेपाल उद्योग बाणिज्य महासंघले ५० वटा स्टार्टअपहरुलाई व्यवसायीक वातावरण प्रदान गर्न आर्थिक र प्राविधिक सहयोग गर्ने घोषणा गरेको छ।

कम्तिमा १ वर्ष पुरा भएका स्टार्टअपहरुलाई महासंघअन्तरगतको स्टार्टअप एण्ड इनोभेसन समितिले सहयोग गर्ने भएको हो।

समितिले सोमबार पत्रकार सम्मेलन गरेर लगानी तथा व्यवसायीक साझेदारी गर्न सकिने स्टार्टअपहरुको न्यूनतम मापदण्डसहितको आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ ।

समितिकाअनुसार स्टार्टअपहरुले सहयोग लिनका लागि छनौट प्रकृया पुरा गर्नुपर्ने समित स‌योजक रञ्जित आचार्यले जानकारी दिए ।

उनकाअनुसार यस कार्यक्रममा कृषि उत्पादनमूलक, सूचना प्रविधि, सेवा लगायतका सबै क्षेत्रका स्टार्टअपहरु सहभागी हुनसक्नेछन् ।

यसको लागि चैत महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने समितिले जानकारी दिएको छ ।

छनौटमा परेका स्टार्टअपहरुलाई २० जना मेन्टरहरुले मेन्टरशीप कार्यक्रममार्फत तालीम दिन र लगानीकर्ताहरुमाझ पुर्याउन सहयोग गर्नेछन् । यस्तो मेन्टरशीप करिब ३ महिनाको हुने जानकारी दिईयो ।

मेन्टरशीप पुरा गर्न सफल स्टार्टअपहरुलाई  मात्र लगानी जुटाउनका लागि लगानीकर्ताहरुमाझ स्टार्टअप वा व्यवसायको प्रस्तुती दिने मौका दिईने समितिले उल्लेख गरेको छ ।

समितिले केन्द्रमा बाहेक जिल्लाहरुमा रहेका स्टार्टअपहरुलाई समेत सहयोग गर्ने र त्यसको लागि मेन्टरहरु भर्चुअल माध्यमबाट उपलब्धगराईने बताएको छ ।

यस बाहेक समितिले स्टार्टअपहरु आवश्यक पर्ने स्रोत साधनहरुका लागि महास‌ंघकै सचिवालयमा इन्क्यूवेसन सेन्टर स्थापना गर्ने भएको छ । जसअनुसार हालको आईहब सेन्टरलाई नै इन्क्यूवेसन सेन्टरको रुपमा स‌ंचालन गरिनेछ।

त्यसैगरि महास‌ंघले समितिको पहलमा स्टार्टअपहरुका लागि आवश्यक नीति नियमहरु तर्जुमा गर्न सरकारसँग समेत सहकार्य गर्ने भएको छ ।

यी हुन स्टार्टअपहरुका लागि मेन्टरहरु

अनिल चित्रकार, पशुपति मुरारका, ओम राजभण्डारी, सौरभ ज्योती, आशुतोष तिवारी, रन्जित आचार्य, सुमन शाक्य, सिद्दान्त राज पाण्डे, सिक्षित भट्ट, विश्वास ढकाल, सुमन श्रेष्ठ, निरज खनाल, आनन्द बगरिया, गगन प्रधान, निरन्जन श्रेष्ठ, दिलिप अग्रवाल, सनम चित्रकार, योगेन्द्र शाक्य, भाष्कर ढुङ्गाना तथा संजय गोल्छा रहेका छन् ।

easy care

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार