क्युब्स इन स्पेस नासो २०२१ कार्यक्रम हुँदै, विद्यार्थीहरुलाई अन्तरिक्ष विज्ञानसम्बन्धि विभिन्न ज्ञान दिईने

Technology Khabar ८ चैत्र २०७७, आईतवार

क्युब्स इन स्पेस नासो २०२१ कार्यक्रम हुँदै, विद्यार्थीहरुलाई अन्तरिक्ष विज्ञानसम्बन्धि विभिन्न ज्ञान दिईने

काठमाडौं ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी र अमेरिकी संस्था आइडुडलएडुसँगको संयुक्त सहकार्यमा ‘क्युब्स इन स्पेस नासो २०२१’ कार्यक्रम आयोजना हुने भएको छ।

नेपालमा स्टिम शिक्षालाई प्रवर्द्धन गर्ने अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने हेतुले नेपालमै पहिलो पटक विद्यालय तहका विद्यार्थीहरूमा सो कार्यक्रम आयोजना हुन लागेको नेपाल एष्ट्रोनोमिकल सोसाईटीले जनाएको छ।

पाँच हप्ते कार्यशाला अप्रिल १० देखि मे १५ सम्म संचालन हुुँदैछ। कार्यशालामा ११ वर्षदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीले सहभागीता जनाउन सक्छन्। विद्यालयको पढाइ सकेका तर विश्वविद्यालयमा भर्ना नभएका विद्यार्थीले पनि कार्यशालामा सहभागिता जनाउन सक्नेछन्।

कार्यक्रममा चार हप्ता विद्यार्थीले घरबाटै सहभागीता जनाउन सक्छन् भने पाचौं हप्ता काठमाडौं आउनुपर्नेछ।

क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरिङ्ग डिजाइन कम्पिटिसन हो। जसमा विद्यार्थीहरूले आफ्ना परीक्षणहरू नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साइन्टिफिक बेलुनमार्फत् स्पेस वा स्पेसको नजिक पठाउन सक्नेछन्।

यसका लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनौट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’को अफिस पठाउन सक्छन्।

क्युब्स इन स्पेसमा सहभागीताको लागि तयारी स्वरूप नेपालमा संचालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५० विद्यार्थी भर्ना गरिनेछ।

सहभागीहरूलाई अन्तरिक्ष विज्ञानसम्बन्धि विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरू बारेमा सिकाउनुका साथै विद्यार्थीहरूलाई परिक्षणहरू डिजाइन गर्न लगाइनेछ। यो कार्यक्रमबाट यस वर्ष दुईवटा क्युब्स अमेरिका पठाइनेछ।

यसअघि सो कार्यक्रममा ७३ देश सहभागी भइसकेका छन् । सोसाइटीमार्फत नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । विश्वरभबाट छानिएर २०१ क्युब्स अन्तरिक्षमा पठाइनेछ । कार्यक्रममार्फत हालसम्म ९०० प्रयोग अन्तरिक्षमा पठाइसकिएको छ ।

easy care

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

ताजा समाचार