एक दशक पुरा गर्दै डिशहोमको प्लसमुभि च्यानल

Technology Khabar ७ चैत्र २०७७, शनिबार

एक दशक पुरा गर्दै डिशहोमको प्लसमुभि च्यानल

काठमाडौं ।

टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोममा मूभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लसमुभि च्यानलको नामबाट संचालन भईरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

नयाँ र पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभि च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ ।

यस च्यानल मार्फत दुरदराजका दर्शकहरुलेसमेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।

प्लस मूभिसंगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स, कमेडि प्लस्, डि मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनि प्रशारण गरिरहेको छ ।

easy care

प्रकाशित: ७ चैत्र २०७७, शनिबार